ताजा अपडेट

संस्कृति र साहित्य हाम्रो धरोहर हुन ः सांसद् देवकोटा

          |   144 Views   |   Published Date : 8th September 2018 |

घोराही, २३ भदौ । राष्ट्रिय सभाका सांसद् अनिता देवकोटाले संस्कृति र साहित्य हाम्रो धरोहर भएको बताएकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दाङले आयोजना गरेको तीज विशेष सांस्कृतिक महोत्सव २०७५ लाई उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् ।


संस्कृतिको मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर नै विकास तथा शैक्षिक उद्धेश्य पुरा गर्न सकिने बताइन् । तीज पछिल्लो चरण समाजमा विकृतिको रुपमा फैलिन लागेको र यसको न्यूनिकरण गर्नको लागि सांस्कृतिक कार्यक्रम मार्फत नै जनचेतना मूलक सन्देश दिनुपर्ने समेत बताइन् । ‘महिला शक्ति एक जुट हुनुपर्छ’ उनीले भनिन्‘ आफ्नो अधिकार प्राप्तिका लागि यो हाम्रो दिन सुरु भएको छ ।’ तीज पर्व पनि एउटा संस्कृतिको धरोहर भएको र यसलाई मर्यादित तरिकाले मनाउँनुपर्ने बताइन् । साथै तीज पर्वबाटै समाजको सोच परिवर्तन गर्न जरुरी रहेको समेत उनीको भनाई थियो ।

सस्कृतिलाई जोगाउँन र महिलाई अधिकार प्राप्ति संग–संगै विकास लगाएका कामप्रति साथ, सहयोगमा सधै आफू प्रतिवद्ध रहेको जनाइकी थिइन् । संस्कृतिलाई जोगाउँन तथा संरक्षण गर्न सबै नेपाली लाग्नु पर्ने र तीज महोत्सवलाई सफलताको शुभकामना समेत दिएकी थिइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा, नेपाल पत्रकार महासंघ दाङ जिल्लाका अध्यक्ष सविन प्रियासन लगायतले तीज विशेषण कार्यक्रममा नेताहरु र संघसंस्थालाई प्रत्यक्ष रुपमा निमन्त्रण कार्ड पठाएको र त्यसलाई वेवास्था गरेको प्रति दुःख व्यक्त गरेका थिए । साथै कलाकार क्षेत्रहरुलाई ठाडो रुपमा हेपाइ भएको उनीहरुको भनाई थियो ।

कार्यक्रमा गायक रामसिंह वि.क., कलाकार मुना लम्साल, मनोज रसाईली लगातएकाले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दाङ अध्यक्ष प्रेम शर्माको सभापति एवं् राष्ट्रिय सभाका सांसद् अनिता देवकोटको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दाङले अनाथ बालबालिका लाई सहयोगार्र्थ गर्न उद्धेश्यले शुक्रबार घोराहीमा तीज विशेष सांस्कृति महोत्सव २०७५ सुरु गरेको हो । यो कार्यक्रम २२ गते देखि २८ गते सम्म चल्ने आयोजक टिमले जानकारी दिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कार्य समिति दाङका प्रथम उपाध्यक्ष राजेन्द्र दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पोषण श्रेष्ठले गरेका हुन् । साथै शनिवार ज्योति मगर, कमल गाउँले संगै थुप्रै कलाकारहरुको विजेत प्रस्तुती रहने छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१