ताजा अपडेट

तिजको रौनकता बढ्दै

          |   131 Views   |   Published Date : 8th September 2018 |

यमकला भुसाल तुलसीपुर, २३ भदौ | हिन्दु नारीहरुको महान चाड हरितालिका तिज आउन ५ दिन मात्र बाकी रहदाँ दाङका बजारहरुमा तिजको रौनकता बढ्दै गएको छ । जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, नारायणपुर, लमही,भालुवाङ लगाएतका बजारहरुमा यति बेला तिजका सामान किनमेल गर्नेहरुको भिडभाड देखिन्छ ।

तिजको समयमा विषेश गरी सुनचादीका पसल, कस्मेटीक पसल र सारीचोलीका पसलहरुमा भिडभाड हुने गर्दछ । गएका वर्षहरु जस्तै यो वर्ष पनि व्यापार राम्रै भएको व्यापारीहरु बताउछन ।

तिज नजिकिदै गर्दा तिजको रौनकता बढ्दै गएपनि त्यसको मौलिकता भने हराउदै जान थालेको छ । पछिल्लो समय तिजको परम्परागत मौलिकता हराउदै जान थालेपछि मौलिकता गुम्न सक्ने भन्दै बुढापाकाले चिन्ता समेत गर्न था२३लेका छन । तिजका गीत गाएर,मादल बजाएर रमाइलो गर्नेहरु भन्दा पनि साउण्ड सिस्टम मार्फत नाच्ने प्रचलन बढ्दै गएको छ । पछिल्लो समय बजार क्षेत्रमा मात्र नभई गाउ ठाउँमा पनि साउण्ड सिस्टममा तिज गीत बजाउने नाच्ने क्रम बढ्दो क्रममा छ ।

त्यसो त पछिल्लो समय चर्चामा आएका कलाकारहरुले पनि पहिलेका जस्तो मौलिक सस्कृति तथा परम्परागत कुराहरुलाई अधिकाशं गितमा समाबेश गरेको पाइदैन । अहिले बजारदेखि गाउघर सम्म तिजको रौनकता निकै बढ्दै गएको छ तर धेरैजसो ठाउमा मौलीक परम्परागत तिज गितहरु नत बजाएको नै पाईन्छ नत गाएको नै ।

यसरी पछिल्लो समय नाच्दा, गाउदा कुनै पनि कुरामा मौलीकता समाबेश गरेको नपाईदा पुर्खौ पुर्खादेखीको सस्कृती साच्चीकै गुम्दै जाने संकेत देखीएको भन्दै बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन ।

‘पहिले हामी आफै गितहरु गाउथ्यौ, मादल, मुरेली आफै बजाउथ्यौ, नाच्थ्यौ रमाईलो हुन्थ्यो तर आजकाल ठुला ठुला साउन्ड बक्सहरुमा गित बजाउने नाच्ने चलन आएको छ, रमाईलो त अहिले पनि लाग्छ तर पहिले जस्तो हुदैन तुलसीपुर ७ की निमकली भण्डारीले भनिन् । हाम्रा पालमा दिनभरी खेतबारीको काम गथ्यौ, बेलुका पख खाना खाएर दिदिबहिनीहरु एक घरमा जम्मा भएर रमाइलो गथ्यौ । तर आजकाल त तिजमा पनी धेरै बिकृती फैलीयो ।

तिज आउनु भन्दा एक महिना अघिबाट दर खाने नाच्ने गाउने गर्छन । त्यसैले तीज भड्किलो बन्दै गएको उनले बताइन । उनले भनिन्,कतिपए कलाकारले पनि उस्तै तिजका गितहरु बजारमा ल्याएका छन । तिजका गितहरुमा महिलाको दुख बेदना रोदनलाइ पछिल्लो पुस्ताका कलकारहरुले नसमेटेकाले पनि अहिलेका गितले समाजमा बिकृती बिसंगती फैलीएको उनको धारणा छ ।

उनी जस्तै पछिल्लो समय मौलीक सस्कृती धरासायी बन्दै गएको गुनासो गर्ने बृद्धबृद्धाहरु थुप्रै छन । तर बिडम्बना पछिल्लो समय आधुनिक जमाना भित्रीएसंगै मौलीक सस्कृती भने हराउदै गएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१