ताजा अपडेट

मानब बेचबिखनबाट जोगिन स्वयम व्यक्ति सचेत हुनुपर्ने

          |   403 Views   |   Published Date : 5th September 2018 |

दाङ, २० भदौ । मानब बेचबिखनबाट जोगिन स्वयम व्यक्ति सचेत हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । १२ औँ मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको दिवसमा आज घोराहीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले लोभ र मायाका कारण मानब बेचिने गरेको भन्दै सचेतता अपनाउनु नै बुद्धिमानी हुने बताएका हुन् ।

घोराही उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको अगुवाईमा घोराहीमा भएको प्रभातफेरी पछि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले व्यक्ति सचेत भए मानब बेचिनबाट जोगिनेमा जोड दिएका हुन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विभिन्न प्रलोभनमा पारेर वेच्ने कारणहरु देखिएको भन्दै छिट्टै बिश्वास गर्दा हुने घटनालाई रोक्न सचेतना नै मुख्य कुरा भएको बताउनुभयो ।

प्रेम गर्ने बाहाना र विदेशमा पैसाको सपना देखाएर बढ िमहिलाहरुलाई ओसारपसार गर्ने उदाहरणहरु रहेको भन्दै यसलाई रोक्न स्वयम व्यक्ति र राज्यका निकायलाई चलायमान बनाउनु पर्ने उहाँको भनाई छ ।

त्यसै गरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रहरी प्रमुख कृष्णहरी शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार भुपेन्द्र सुबेदीले बेचिनबाट बच्न व्यक्ति चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न प्रलोभनमा नपर्ने र राज्यका निकायहरु चनाखो भए मानव बेचबिखनलाई नियन्त्रण गर्न सकिने उहाँहरुको भनाई छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार वितेको आर्थिक बर्षमा ३ जना व्यक्ति बेचविखनको मुद्धा रहेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णुप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी, विद्यार्थी, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । केन्द्रका उपाध्यक्ष कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब आरके सीतलले गर्नुभएको थियो । कार्यक्रम पूर्ब घोराही बजारमा प्रभात फेरीको आयोजना गरिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१