ताजा अपडेट

म, यात्रा अनि नियम

          |   353 Views   |   Published Date : 4th September 2018 |

पार्वती वस्नेत समय उही नै हो ! दिनमा मात्र सबैका लागि २४ घण्टा, मात्र २४ घण्टा यही २४ घण्टालाई कत्तिले सदुपयोग गर्छन् होला त कत्तिले दुरुपयोग गरेका छन् होला ? यतिबेला किन समयको कुरा गरेको छ होला भन्ने लाग्ला तपाईहरुलाई । किनकी आजभोली आफैलाई आफनै दैनिकी बडा ब्यस्त लाग्न थालेको छ । ब्यस्त त म त्यत्तिबेला पनि हुन्थे नै तर आजभोलि अझ बढि ब्यस्त हुन थालेको छु ।


हिँजोका दिनमा म अरुले आयोजना गरेको कार्यक्रममा जाने, समाचारका बिषय खोज्ने र समाचार सङ्कलन गरेपछि समाचार लेख्ने र बोल्ने काम गर्थे । आजभोलि समुदायमा आफैले कार्यक्रमको आयोजना समेत गर्नुपर्छ । काम उही नै हो, हिँजोका दिनमा रेडियोमा बोलेकै आधारमा समुदायमा केही न केही सकारात्मक तथा परिवर्तनका लागि योगदान पु¥याई रहेको थिए भने आजभोलि समुदायमै पुगेर समाज रुपान्तरणका लागि काम गर्न थालेको छु ।


त्यसो त आजभोलि मेरो बसाँई गर्मी हुने ठाउँमा छ । अर्थात लमहीमा, तर पनि लमहीको बसाई न्यास्रो लाग्ने हुँदा कहिले काही बेलुका ८ बजेसम्म नि घोराही आएको रेकर्ड छ, । हुन त म लमहीमा बसेर काम गर्न थालेको यही २२ गते दुई महिना पुग्दैछ । बेलुका आउ र बिहान जाउँ गर्दा मैले आजभोलि बसमा मज्जाले यात्रा गर्न सिकेकोे छु । बिगतका दिनहरुमा लमही पुग्न निक्कै सकस हुने गर्दथ्यो तर आजभोलि लमही पुग्दासम्म पार गर्नुपर्ने ति घुम्तीहरु सँग साईनो गाँस्न थालेको झै आभाष हुन्छ । किनकी घुम्ती पार गर्दा बाधा हुदैन् रमाईलो लाग्ने गरेको छ । कहिले काँही दैनिक जसो बसमा यात्रा गर्दै गर्दा बसका अनगिन्ती पात्रहरुसँग भेट हुने गरेको छ । ति पात्रहरु कोही स्मार्ट देखिन्छन् त कोही मपाईत्व गर्ने स्वभावका देखिन्छन् । त्यत्तिमात्र होईन् कोही गरिबीले पिल्सिएका साच्चिकै बाध्यताले थिचिएर यात्रा गर्दै गन्तब्य भेटाउने लक्ष्यमा लागि परेका यात्री जस्तै लाग्छ ।


मेरो यो सोच गलत पनि हुन सक्छ किनकी यो मेरो मनले आकलन गरेको कुरा न हो तर पनि खै किन हो आजभोलि त हरेकको आखाँको भाव बुझन सक्छु कि जस्तै हुन्छ । त्यत्तिमात्र होईन् उनीहरुको अनुहार सहजै पढ्न सक्छु कि जस्तो लाग्छ । तर मैले बसमा यात्रा गर्दा हँसिलो र रमाएको अनुहार कमै भेटेको छु धेरैजसो कामको दबाबमै हिड्ेको देखेको छु । यत्तिसम्म कि, एकजना दिदी त बसमा डाँको नै छोडेर रुनुभयो । हुन त उहाँको बेदना फरक थियो किनकी श्रीमान् सिकिस्त बिरामी भन्ने खबरले उहाँलाई रुन बाध्य पारेको थियो । दया, माया, करुणा, स्नेह, ईश्र्या यी सबै कुरामा मानिसमा नै हुने गर्दछ । त्यही माया थियो, स्नेह थियो सायद ती दिदीलाई सबैका सामु डाँको छोडेरै रुन बाध्य पारेको थियो ।

सोँच्दा पनि अचम्म लाग्छ बसमा बस्ने यात्रीकै आफनो समस्या पीडा हुन्छ, बस धनिको पनि आफनै समस्या बाध्यता हने भएर त होला कतिपय बसमा भाडाकै लागि कराउनुपर्ने अवस्था सिर्जना भएको देखेको छु । हरेक नागरिकसँग यत्ति धेरै समस्या हुँदाहुँदै पनि पुँजी चलायमान बनाउन हरेक नागरिक तछाड मछाड गर्दै आफनो आफनो काममा लागि परेकै छ ।
अ साँच्ची भाँडाको कुरा गर्दा पछिल्लो समय घोराही लमही चल्ने लोकल भनिने बसहरुले पनि विद्यार्थी, दिनहुँ हिड्ने कर्मचारीहरुलाईसम्म छुट दिँदैन्न । तर एक समय सरकारले त यातायात क्षेत्रमा सिन्डीकेट भयो अब यातायात क्षेत्रलाई प्रा.लि.मा लैजानुपर्छ भनेर तहल्का नै मच्चाएको थियो । तर पनि आजसम्म सार्बजनिक यातायातको सेवा सुविधा त उही नै हो मान्छे तानातान । सेवा सुबिधा त शुन्य ! किनकी लमही कै लागी भनेर छुट्टाएका बसहरुले त यहाँ विद्यार्थी, दैनिक कर्मचारीहरुमा छुट दिदैनन् अरु बसहरुको त झन के कुरा गराई भयो र !

अरु बसमा (लङ्घ रुटको बसमा) बस्दा त लमहीको यात्री, यात्री नै होईनन् । किनकी लामो दुरीको यात्री सिटमा बसेपछि मात्र बल्ल लमही पुग्ने यात्रीहरु बसमा उभिन पाउछन् त्यो पनि पुरै पैसा तिरेर, लामो रुटको बसमा हिँड्दा अझ उदेक लाग्ने कुरा के छ भने, महिला सिट लेखिएको ठाँउमा पुरुष महोदय शानसँग बस्नुभएको हुन्छ । त्यो पनि बार्गेनिङ गरेर, तर बच्चा बोकेको महिला उभिएरै लमही पुग्ने गरेका उदाहरण धेरैपटक यी आँखाले देखिसकेका छन् । समानताको अधिकार कहाँ छ ? अचम्म लाग्छ । मान्छेको बोल्ने शैलि फेरियो, ब्यवहार अझैपनि तुच्छ नै छ । मान्छेको पहिरन शैलि फेरियो तरपनि मान्छे अझै जंगली अवस्थामा नै छ । अहिले साक्षरता दरमा बृद्धि भयो तर सुगा रटाई पढाईले मान्छेलाई नैतिकवान र ज्ञानवान बनाउनै सकेको छैन । जब मान्छेमा नैतिकता छैन, ज्ञान नै छैन, भने त्यो ब्यक्ति पशु भन्दा गए गुज्रेको हुन्छ ।

अनि अर्को कुरा सरकारले पनि कि नियम नबनाएकै जाति ! किनकी ब्यक्ति आफनो तरिकाले त बाँच्छ,यदि नियम र कानुन बनाउछ भने लागु पनि गर्नुपर्छ । छुट र सिटका कुरामा कोटा ब्यवस्थाको कुरा त्यसै हचुँवाको भरमा गर्नु हुँदैन सरकार………!

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१