समृद्ध र क्षमतामुलुक समाजका लागि महिला अधिकार
रजनी श्रेष्ठ जिम्मेवारी बढेकै हो, पोस्ट ओहोदामा नभएर के भयो र ! कसैको श्रीमती, बुहारी, काकी, माइजु हुँदै आमा सम्मको पदभार त ग्रहण गरेकै त हो नि तर कसले बुझिदियोस् यो सबै तहमा बढुवा हुँदा कति तहमा आफ्नो चाहनालाई खुम्चाउनु परेको थियो । आफ्नाहरुलाई खुसी दिनको लागि आफ्नो खुसीको त्याग गर्नुपरेको थियो । हो महिला भएर जन्म लिएकोमा आफुमा नै गौरवान्वित हुन मन लाग्छ, आफुले गरेको हरेक निर्णयमा गर्व गर्न मन लाग्छ र भित्रै देखि खुसी हुन मन लाग्छ आफनो जीवनमा । आफुले रचेको संसारमा आफै रमाउन मन लाग्दछ । सोँच्दछु एउटी महिलाको आँट र संघर्षमा नै यो सारा संसार अडिएको छ, सायद उसले हिम्मत नगरिदिने हो भने यो संसारको संरचनामा मै प्रश्नचिन्ह खडा हुन्छ कि ? समाजमा नारी वाद, महिला पुरुषबीच समानता, सँगै हिँडने, अघि बढ्ने यावत कुराहरु व्यापक रुपमा चर्चा हुन्छन् तर के सहज छ त यी कुराहरु महिलाको व्यवहारमा लागू गर्न ? यी र यावत परिवेशभित्र एउटा ठुलो प्रश्न चिन्ह खडा छ ? के साच्चै नै एउटा महिलालाई सजिलो भएको नै हो त अहिलेको परिवेशमा, कि समय अझै आईपुगेको छैन । समय र सन्दर्भको कुरा गर्नुपर्दा हामी जतिसुकै परिवर्तनका कुरा गरेपनि हाम्रो समुदायमा भएको पितृसत्तात्मक सोँच हामीमा हावी भएरै आउँछ । जुन परापूर्वककालदेखि नै चलिआएको छ । … Continue reading समृद्ध र क्षमतामुलुक समाजका लागि महिला अधिकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed