मान्छे मान्छेको दिमागमा छ बलात्कार
आहुती महिलाहरु सुन्दर प्रजाति र भोग्या वस्तु हुन् भन्ने सोचमा चलिरहेको छ समाज । त्यस्तो समाजमा हुर्किएको युवा होस् या प्रौढ, ‘महिलालाई दमन गर्न पाउनु मेरो हक हो’ भन्ने सत्व उसको भित्रैबाट निर्माण भैरहेको हुन्छ । यसरी तयार भएको पुरुष मौका पाउने बित्तिकै महिलामाथि झम्टन पुगिहाल्छ । प्रचलित भाषामा जेलाई बलात्कार भनिएको छ, त्यसको मुख्य सम्बन्ध हाम्रो समाजको सोच र संरचनासित छ । सात–आठ हजार वर्षअघिदेखि चल्दैआएको विवाह नामक संस्था नै बलात्कारबाट शुरु भएको हो । जबरजस्ती अर्काे कबिलाका महिलालाई लुटेर ल्याई निजी स्वास्नी बनाउन शुरु गरेदेखि नै विवाह नामक संस्थाको जन्म भएको हो । विवाहलाई संस्कारको स्वरुप दिन थालेपछि त्यसलाई ‘बलात्कार’ मान्न छाडियो । यसरी हेर्दा बलात्कारको श्रृंखला धेरै लामो छ । अहिलेको विश्व वा नेपाली समाज पितृसत्तावादी सोच र संरचनामा चलिरहेको छ । पितृसत्तावादी सोच र संरचनामा बलात्कारका घटना घट्नुको साटो बढी नै रहनेछन् । यस्ता घटना आजभन्दा भोलि भोलि भन्दा पर्सी झन झन बढ्दै जानेछन् । पितृसत्तावादी सोच नबुझेसम्म बलात्कारको जड कारण बुझ्न सकिँदैन । पितृसत्ताका तीन ओटा आधारभूत दृष्टिकोण हुन्छन् । पहिलो, महिला पुरुषभन्दा शारीरिक र वौद्धिक रुपमा कमजोर हुन्छन् । दोश्रो, महिलाहरु प्रकृतिले पुरुषका निम्ति भोग्न बनाएको भोग्य वस्तु हुन् । तेश्रो अवधारणाले पुरुष शक्तिशाली र महिला सुन्दर प्रजाति हुन् भन्ने ठान्दछ । यही पितृसत्तावादीे … Continue reading मान्छे मान्छेको दिमागमा छ बलात्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed