मानव ओसार–पसार गर्दै तीन करोड ठगी गर्ने दाङका दुई पक्राउ
सागर थापा काठमान्डौ,, भदौ । क्यानडा र फ्रान्स पठाइदिने भन्दै तीन करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सीपुर–२ का २७ वर्षीय प्रेरणालक्ष्मी मल्ल र तुल्सीपुर–६ का २९ वर्षीय विराज यादव छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले कञ्चनपुरबाट पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले दुवैलाई मानव बेचबिखन तथा ओसार–पसार मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाएको छ । प्रलोभन दिँदै ठग्दै प्रहरीका अनुसार उनीहरूविरुद्ध १४ पीडितले उजुरी दिएका छन् । आकर्षक कमाइको प्रलोभन दिएर आफूहरूसँग प्रतिव्यक्ति १५ देखि २५ लाख रुपैयाँसम्म रकम उठाएको उजुरीमा उल्लेख छ । उनीहरूले तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ । प्रहरीले मल्ल र यादवलगायत समूहले ठूलो रकम उठाएर अवैध रूपमा मानव ओसार–पसार गर्दै आएको दाबी गरेको छ । पीडित १ वर्षसम्म बन्धक सिआइबी प्रवक्ता एसपी सानुराम भट्टराईका अनुसार मानव ओसार–पसारका लागि उनीहरूले भारत, इथियोपिया हुँदै गिनीको राजधानी कोनाक्रीको रुट प्रयोग गर्दै आएका थिए । यसक्रममा उनीहरूले पीडितलाई ६ महिनादेखि वर्षदिनसम्म अपार्टमेन्टमा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक शोषण गर्दै आएका थिए । ‘यिनीहरूले अवैध रूपमा मानव ओसार–पसार गरेको देखिन्छ । विशेषगरी भारत, इथियोपिया हुँदै गिनीको राजधानी कोनाक्रीको रुट प्रयोग गरेको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘पीडितलाई आफन्तसँग सम्पर्क गर्न नदिई ६ महिनादेखि वर्षदिनसम्म … Continue reading मानव ओसार–पसार गर्दै तीन करोड ठगी गर्ने दाङका दुई पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed