माध्यमिक तह सञ्चालन गर्न बजेट माग
देउखुरी, १७ भदौ । गढवा गाउँपालिका वडा नं. ४ मा रहेको दिपेन्द्र आधारभुत माध्यमिक विद्यालयले गाउँपालिकाबाट माध्ययमिक तहको कक्षा सञ्चालन गर्न अनुमती पाएपनि सञ्चालन गर्न आर्थिक अभाव भएको भन्दै सहयोग गर्न अपिल गरेको छ । विपन्न, सिमान्तकृत समुदायका नागरिकका छोरा छोरीहरु विद्यालयमा पढ्ने गरेका छन् । माध्यमिक कक्षा सञ्चालन गर्न ढरौटी रकम चाहिने भएकाले त्यो रकम उपुग भएपछि विद्यालयले सहयोगको अपिल गरेको हो । आईतबार विद्यालयले प्रदेश सभा सदस्य रेवतीरमण शर्मा र ईन्द्रजीत थारुलाई माग पत्र वुझाउदै विद्यालयलाई सहयोग गर्न आग्रह गरेको छ । विद्यालयको माग सुनुवाईको लागि प्रदेश र स्थानिय सरकार संग समन्वय गरिने प्रदेश सभा सदस्यले प्रतिवद्धता जनाएका छन् । विद्यालयका प्रधानाध्यापक लालबहादुर भण्डारीले माग पत्र वुझाउनु भएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed