बर्ष भरी गरिने कामको कार्य योजना तयार

घोराही, १८ भदौ | घोराही उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले योजना तथा कार्यक्रम सञ्चालनको चौमासिक कार्य योजना बनाएको छ । शाखाले सोमबार विषयगत शाखा बिचको समन्वयात्मक बैठकको आयोजना गरि चालु आर्थिक बर्षमा गरिने कार्यक्रमको कार्यक्रम सञ्चालन कार्ययोजना प्रस्तुत गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका प्रमुख मोतीकुमारी बिश्वकर्माले महिला बालबालिका तथा सामाजिक विकास शाखाबाट हुने ७२ लाख ६८ हजार रुपैयाँ बजेटको कार्यक्रम सञ्चालन कार्य योजना प्रस्तुत गर्नुभएको हो । उपमहानगरपालिकाको ५२ योजना कार्यक्रमको ६० लाख र १४ वटा ससर्त अनुदानको कार्यक्रमका लागि १२ लाख ६८ हजार रुपैयाँ गरी ७२ लाख ६८ हजार रुपैयाँको कार्यक्रम तथा बजेटका बारेमा बिश्वकर्माले जानकारी दिनुभयो । यसैविच यही भदौ २० गते परेको मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवसलाई जिल्ला आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउदै एमएम रेडियो मार्फत सचेतना मूलक सन्देश प्रबाह गर्ने निर्णय भएको छ । त्यसैगरी भदौ २९ गते परेको बाल दिवसमा पनि प्रत्येक वडाबाट २ जना बालबालिकाको प्रतिनिधित्व हुने गरी बक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने पनि निर्णय भएको छ । साथै वडामा महिला समुह र बालक्लव गठन गर्ने बैठकले निर्णय गरेको छ । शाखाका संयोजक पशुपती चौधरीले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । बैठकले जेष्ठ नागरिक र अपांग परिचय पत्र वितरणका लागि केन्द्रको निति अनुसार अघि बढ्ने निधो गरेको … Continue reading बर्ष भरी गरिने कामको कार्य योजना तयार