प्रदेश प्रहरी कार्यालयको निरिक्षण
तुलसीपुर,भदौ १८ । प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्वर ७ को गुल्ममा रहेको भवनमा निर्माण हुन लागेको कार्यालयका लागि तुलसीपुर उपमहानगरपालिकाले सहयोग गरेको थियो । कार्यालयको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य र प्रदेश प्रहरी प्रमुख डिआइजी शेरवहादुर वस्नेतले निरिक्षण गरेका छन् । प्रदेश प्रहरी कार्यालयलाई तुलसीपुरमै राख्नका लागि उपमहानगरपालिकाको सहयोगमा कार्यालय निर्माणको पहल लिइएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले प्रदेश प्रहरी कार्यालय तुलसीपुरको सानका रुपमा रहेकाले पनि उपमहानगरपालिकाले जिम्मेवारी लिएर प्रदेश प्रहरी कार्यालय निर्माण गरेको वताए । कार्यालयका लागि आवश्यक पर्ने २० वटा कोठाको निर्माण भएको र अन्य कोठाहरु तत्काल निर्माण गरेपछि प्रदेश प्रहरी कार्यालय सार्ने तयारी गरिएको डिआइजी शेरवहादुर वस्नेतले वताए । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed