दाङमा कृष्ण जात्रा भब्य सप्पन्न
सागर थापा घोराही | नेवार सेवा समिति घोराही दाङको आयोजनामा सोमबार कृष्ण रथ यात्रा भब्यताको साथ सम्पन्न भएको छ । कृष्ण जन्म अस्तमीको राधाकृष्णको रथ हेर्न गाउँ गाउँहरु बाट निकै उत्साहका साथमा आएका दर्शक हरुको भिड लागेको देखिन्थ्यो । घोराही बजार हरुको विभिन्न ठाँउहरुमा कृष्णको रथ निकालिएको थियो । नेवार समितिले गत बर्षको तुलनामा ब्यबस्थी र आकर्ष जात्रा सम्पन्न गरेको थियो जात्राको समापन घोराही स्थित भिमसेन मन्दिरको प्राङ्मणमा गरिएको थियो । त्यसैगरि तुल्सीपुरमा पनि विभिन्न धार्मिक सस्थाहरुको आयोजनामा राधाकृष्ण रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा हजारौं दर्शकहरुको ठुलो भिड लागेको थियो । भने लाखे आज बाट समाप्त पनि भएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed