तरुण कप फुटबल प्रतियोगिता हुने
लक्ष्मण बस्नेत १८ भदौ दाङ । दाङको तुलसीपुरमा तरुण कप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा विजया दशमी २०७५ को अवसरमा संचालन गरिन लागेको जिल्ला स्तरिय फुटबल प्रतियोगिता आउदो असोज १५ गतेदेखि सुरु हुुनेछ । ग्रामिण स्तरमा खेलकुदको पहँुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापीत झण्डै दुई दर्जन फुटबल क्लबहरुको सहभागिता रहने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिलबाबु डाँगीले जानकारी दिनु भएको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले दाङ जिल्लाको फुटबलको इतिहासमा अहिले सम्मकै सर्वाधिक ठुलो पुरस्कार राशि ५५ हजार ५ सय ५५, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद २२ हजार २ सय २२, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्ने सभापति डाँगीले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु मध्यबाट वेस्ट प्लेयर,वेस्ट मिडफील्डर, वेस्ट स्कोरर, वेस्ट डिफेन्स, वेस्ट किपर र राईजिङ प्लेयरमा छनौट पर्ने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । असोज २५ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको छ । तयारी स्वरुप आयोजकले प्रतियोगिताको प्रचारप्रसार, जिल्लामा स्थापीत क्लबहरु संगको समन्वय, आर्थिक व्यवस्थापन लगाएतका पक्षमा तिव्रता दिएको बताएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed