ओठतालु फाटेकाको निःशुल्क शल्यक्रिया
प्यूठान, भदौ १८ । ओठतालु फाटेका, गिजामा प्वाल परेका, ओठ, नाक नमिलेका दश जना व्यक्तिको निःशुल्क प्लास्टिक शल्यक्रिया हुने भएको छ । बी एण्ड बी अस्पताल र राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गरि ती व्यक्तिहरुको छनौट गरेको हो । प्यूठान अस्पताल, झिमरुक गाउँपालिकाको मच्छी र स्वर्गद्धारी गाउँपालिकाको भिंगृमा शिविर सञ्चालन गरेर समस्या भएका व्यक्तिको छनौट गरिएको संघका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । छनौट भएका व्यक्तिको बी एण्ड बी अस्पतालमा निःशुल्क रुपमा उपचार हुने उहाँले बताउनुभयो । छनौट भएका व्यक्तिलाई उपचार गराउन जादा आउदा लाग्ने खर्च, खान बस्नको व्यवस्था अस्पतालले गर्ने आयोजकले जनाएको छ । संघको समन्वयमा जिल्लामा ओठ तालु फाटेका व्यक्तिको उपचार शिविर गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो । जिल्लाका दुर्गम क्षेत्रमा रहेका व्यक्तिहरुले निःशुल्क सेवा पाउँदा खुशी भएका छन् । उपचार हुन्छ भन्ने थाहा थिएन, शिविरमा दुई वर्षिय छोरालाई लिएर आएकी एक अभिभावकले भन्नुभयो, अव उपचार हुने भयो, खुशी लागेको छ । ओठ तालु फाटेकाले बच्चालाई खाना खुवाउनै समस्या भएको उहाँले बताउनुभयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed