ताजा अपडेट

अस्पतालको अभाबमा बिरामीले ज्यान गुमाउनु पर्दैन : डा. भुषाल

          |   1083 Views   |   Published Date : 30th August 2018 |

डाक्टर पुष्प भुषाल । विशेषज्ञ चिकित्सकको रुपमा चार वर्ष देखि कार्यरत हुनुहुन्छ । लमही नगरपालिका वडा नम्बर ५ निबासी डा. भुषाल लमही फ्लोरेन्स अस्पतालमा कार्यरत हुनुहुन्छ । उहा आफैले अस्पताल सञ्चालन गरेर विरामीहरुलाई स्वास्थ्य सेवा दिईरहनु भएको छ । अस्पतालको सेवा सुविधा र चिकित्सा क्षेत्रका विषयमा लमही सम्बाददाता शिवु खनालले डा. पुष्प भुषाल संग गर्नुभएको कुराकानीको सारसंक्षेप ः

१, स्वास्थ्यकर्मी भएर आफ्नो क्षेत्रमा काम गर्दा कस्तो महशुस गर्नुभएको छ ?

म एक चिकित्सक भएको नाताले जहाँ जुनसुकै ठाउँमा भएपनि बिरामीको सेवामा खटिनु पर्दछ, त्यसमाथी म आफु हुर्केको ठाउँ तथा सम्पूर्ण देउखुरी बासी, परीवारजन, शुभचिन्तक उहाँहरुको सेवामा खटिदा पक्कैपनी सन्तोसजनक छु ।

२, सामान्यतया चिकित्सक शिक्षा लिएपछी शहरी क्षेत्र रोज्ने कि त विदेश पलायन हुने समस्या छ तर यहाँ त आफ्नै क्षेत्रमा लाग्नु भयो ?

केहि हदसम्म वाध्यता पनी हो, शिक्षा र मेहेनतको कदर साथै मेडिकल साईन्सको अध्ययन जुन आफैमा गहन बिषय भएको र हाम्रो देशको चिकित्सा पेशालाई मर्यादित र चिकित्सकहरुलाई सुरक्षित महशूश गर्ने उचित कानुन नभएको कारणले गर्दा आम चिकित्सकहरुलाई निरुत्साहीत गर्ने हुदा आफ्नो शिक्षाको उचित कदर हुने ठाउँलाई आफ्नो गन्तब्य स्थान बनाउनु स्वभाबिकै हो तर, अनेक बाधाहरुलाई पन्छाउदै आफु लगनशिल भएर लाग्ने हो भने, आफ्नो क्षेत्रमा धेरै परिवर्तनहरु ल्याउन सकिन्छ र मैले ल्याएको पनि छु ।

३, आफै अस्पताल संचालन गरेर मालिक र मजदुर दुबै बन्दाको अनुभब केहि छ की ?

अलिबढी मानसिक तनाब चाँही हुदोरहेछ तर पनि सानो सानो कुरादेखी लिएर ठुलो परिवर्तनहरु अस्पतालले हासिल गर्दा बिरामीहरुले आफ्नै ठाउँमा सानो तिनो समस्या र अन्य रोगहरुको उपचार नभएर देउखुरीका जनता बाहिर महङ्गो शुल्क तिरेर जानुपर्ने समस्याको केहि हद सम्म समाधान आफुले नेतृत्व गरेको संस्थामा भएको देख्दा, अप्रेशन पश्चात बिरामीको अवस्थामा सुधार आउँदा, भर्ना भएका बिरामी निको भएर घर फर्कदा भित्री मन देखी खुशिको अनुभुती हुन्छ तथा मजदुरको रुपमा अहोरात्र खटिदा आरामको महशुस नगरी आफ्नो ठाउँका बिरामीहरुको सेवा गर्ने अवसर पाउदा म अहोरात्र खटेर आफ्नो ठाउँका जनता लाई सेवा गर्दा म आफु एक मजदुर भएको अनुभब हुदैन ।

४, यस क्षेत्रमा स्वास्थ्यकर्मी र अस्पताल को अभाबलाई पुरागर्न यहाँ को पनि भुमिका छ स्वास्थ्यलाई सेवा भन्ने कि ब्यापार ?

अस्पताल संचालन गर्न आर्थिक लगानिले मात्र हुदैन, दक्ष प्राबिधिक चाहिन्छ दक्ष प्राबिधिक बिना अस्पताल संचालनको परिकल्पना पनि गर्न सकिदैन दक्ष प्राबिधिकले नै अस्पतालको सेवाहरुलाई प्रभाबकारी बनाउन सकिन्छ । अस्पतालको अभाबमा कुनैपनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने अभियानमा म लागेको छु । एकजना बिरामी आकश्मिक कक्षमा आउनुभयो उहाँको रगतमा चिनीको मात्रा जम्मा १२ ःनरम िमात्र थियो जबकी न्युनतम ६० ःनरम िहुनुपर्ने र १० ःनरम िभन्दा कम भएको अवस्थामा द्यचबष्ल मभबतज भै ऋयmब मा जाने गर्दछ भने उहाँ अरु १ घण्टा ढिला भएको भए जे पनि हुन सक्थ्यो उहाँलाई हाम्रो टिमले तुरुन्त आकश्मिक क्यवस्थापन गरी सकुशल घर पठाईयो र उहाको प्रयोगशाला परिक्षण औषधि सबै लगाएर अस्पतालले लिएको शुल्क रु १२०० जबकि यो रकम उहाँको बाहिर जाँदा यसको चारगुणा यातायातमा खर्च भएर बुटवल नेपालगंज सम्म बचाउन सकिने अवस्था थिएन, बाटोमाजे पनि तलमाथी हुन सक्थ्यो यसलाई तपाई ब्यापार भन्नुहुन्छ की सेवा, त्यस्तै सडक दुर्घटनामा परि धरै रक्तश्राबको कारणले गर्दा जथउयखयझिष्अ कजयअप मा गैसकेको अवस्थामा यदि १५ मिनेट ढिलाई भएको भए हामी उहाँलाई गुमाउने अवस्थाबाट बचाउन सफल भएको अवस्थामा यसलाई सेवा भन्ने कि ब्यापार ?

 

जिबिकोपार्जन होस या सेवा विस्तार को कुरा होस आर्थिक कगउउयचत चाहिन्छ त्यसमाथि निजी अस्पताल जहाँ सम्पूर्ण जिम्मेवारी संचालकको हुने गर्दछ, त्यहाँ थोरै बढी शुल्क लाग्नु स्वभाबिकै हो साथै न्युन शुल्कमा गुणस्तरीय सेवा दिन हामी प्रतबिद्घ तरिकाले लागेका छौ, प्रयोगशाला परिक्षण रोग निदान बिनै योग्यता बिनाका ब्यतmी हरुले अनावश्यक औषधि बिक्री बितरण गरी जनताको स्वास्थ्यमा खेलवाड गर्नु चाँही स्वास्थ्य को नाममा व्यपार सम्झन्छु ।

५, यहाँ ले सञ्चालन गरेर सेवा सेवा प्रवाह गर्न लागेको पनी लामो समय भयो देउखुरी क्षेत्रको स्वास्थ्य अवस्था कस्तो पाउनुभयो ?

हालसम्म मैले काम गर्न थालेको यो बाह्रौ क्षेत्र हो, अन्य ठाउँको तुलनामा यस क्षेत्रमा स्वास्थ्य जनचेतनाको कुरामा धेरै पछाडी रहेको पाएको छु, धेरै महिलाहरु पनि आफ्नो रोग लुकाएर अस्पताल सम्म आउन आफ्नो समस्याहरु ढुक्क संग भन्न सक्ने र स्वास्थ्य सम्बन्धी चेतना समय परिवर्तन संगै चेतनामा विकास आउने कुरा हो तर, सरकारी तहबाट पनि स्वास्थ्यको स्तर उन्नती र चेतनाको कुरामा जति पहल हुनुपर्ने हो, त्यती भएको देखिदैन, मैले काम गरेको दुर्गम मानिने क्षेत्र म्याग्दी भन्ने ठान्थें तर, स्वास्थ्य चेतनाको कुरामा देउखुरी धेरै पछाडी रहेको र स्वास्थ्य सरोकारवालाको नजरमा देउखुरी ओझेलमा परेको देखिन्छ । यस्तो अवस्थामा शल्यकृया सम्मका सेवाहरु फ्लोरेन्स् अस्पतालमा दिन सक्दा म धरै खुसी छु र देउखुरीको स्वास्थ्य सेवा सहज बनाउन म अझै तत्पर पनि छु ।

६, त्यसोभय यहाँले दर्शायका स्वास्थ्य क्षेत्र को समस्या हल गर्न र समग्र स्वास्थ्य क्षेत्र को बिकाश गर्न के गर्नुपर्ला?

सर्बप्रथम स्वास्थ्य उपचार भन्ने कुरा धेरै संवेदनशिल हो भन्नि सबैजना सचेत हुनुपर्छ । त्यसो त देउखुरीको स्वास्थ्य क्षेत्र कथकतझबतष्अ नरहेकोले कयाँै सर्वसाधारणले सामान्य उपचारको अभावमा ज्यान गुमाइरहेको अवस्थामा केहीहदसम्म मैले त्यसलाई न्यूनिकण गरेको छु तर, स्वास्थ्य सेवा सुधारको लागी एक दुईजना मात्रैले सम्भव हुदैन, जसमा यस क्षेत्रका जनता सचेत हुनुपर्छ यसको लागी स्थानिय निकाय स्वास्थ्य सरोकारवालाको ठुलो भुमिका रहन्छ त्यसैले सवै जनाले बोलीमा होइन कर्ममा बिश्वास राखी अघि बढ्र्््नु पर्दछ ।

७, अस्पताल बाट यहाँले उपलब्ध गराईरहनु भएको र जनता ले पाएको सुबिधा के हो?

देउखुरी मै पहिलो पटक बिशेषज्ञ टोलि सहित अप्रेशन सेवा, बरिष्ठ हाडजोर्नी तथा स्पाईनल सर्जन दुईजना, बरिष्ठ फिजिसियन दुईजना, बरिष्ठ सर्जन दुईजना, फेम्ली फिजिसियन एक जना, महिलारोग एक जना डाक्ठरहरुको सेवा उपलब्ध छ, साथै म स्ंवयम २४ सै घण्टा सेवा दिईरहेको छु, ५०० ः।ब्।को म्ष्कष्तब िह्(च्बथ देउखुरीमै पहिलो पटक सेवा दिएको हो, प्याथोलोजी, फार्मेसी, भिडियो ह्(च्बथ , भ्ऋन्, बिरामी भर्ना सुबिधा २४ सै घण्टाका साथै प्रि हस्पीटल केयरको लागि प्रदेश न.ं ५ मै पहिलो नेपाल सरकारबाट सम्बन्धन प्राप्त (क) वर्गको एम्बुलेन्स संचालनमा ल्याएको छु, जसमा तिन जना झभचनभलअथ mबलबनझभलत तचबष्लष्लन लिएका स्वास्थ्यकर्मी परिचालन गरिएको छ, साथै आगामि अत्याधुनिक अप्रेशन थ्रियटर, ब्अबमझष्अ कभककष्यल साथै क्ष्ऋग् र म्ष्बथिकष्क को सुबिधा बिस्तार गर्ने लक्ष्य लिएको छु ।

८, अन्तमा भन्नुपर्ने केही छ की ?

चिकित्साशास्त्र भनेको धेरै संबेदनशिल र गहन क्षेत्र हो, सबै स्वास्थ्यकर्मीले उपचारको क्रममा आफ्नो बिरामीहरु लाई जतिसक्दो चाडो स्वास्थ्यलाभको कामना गर्दछन्, त्यसैले सम्पूर्ण स्थानिय जनताहरुले स्वास्थ्य क्षेत्रमा लागेका स्वास्थ्यकर्मी हरुलाई सहज ढंगले काम गर्ने वातावरण निर्माण गर्नुपर्दछ र साथै स्वास्थ्य शिक्षा भनेको कहिल्यै पुर्ण नहुने शिक्षा हो त्यसैले प्रत्यक क्षण केही न केही ज्ञान र दक्षता हाशिल गर्नुपर्दछ अन्त्य मा मेरो केहि शब्द राख्ने अवसर दिनुभएकोमा गणतन्त्रकर्मी शिबु खनाल तथा गणतन्त्र परिवारलाई विशेष धन्यबाद दिन चाहन्छु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१