ताजा अपडेट

दाङमा गाईजात्राको रौनक

          |   674 Views   |   Published Date : 28th August 2018 |

दाङ, भदौ । दाङमा गाईजात्राको रौनक देखिएको छ । जिल्लाका घोराही, तुलसीपुरलगायतका क्षेत्रमा गाईजात्राको रौनक देखिएको हो । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ को अवसरमा जिल्लाका बजारहरुमा भिन्दै रौनकता देखिन्थ्यो ।

एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर गाईजात्रा मनाइएको छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतर्णी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

त्यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोका स्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । विभिन्न स्थानबाट आएका जात्राहरु घोराहीको भिमसेन मन्दिरमा जम्मा भएर वजार परिक्रमा गरेका थिए । उता तुलसीपुरमा पनि गाईजात्रा मनाइएको छ । विभिन्न टोलटोलबाट आएका गाईजात्राले बजार परिक्रमा गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१