ताजा अपडेट

तुलसीपुरमा तिज बिषेश सांस्कृतिक कार्यक्रम हुने

          |   234 Views   |   Published Date : 24th August 2018 |

तुलसीपुर, भाद्र । महिलाहरुको महानपर्व हरितालिका तिजको अवसर पारि तुलसीपुरमा सांस्कृतिक महोत्वस हुने भएको छ । तुलसीपुरमा रहेको डिएल डान्स एकेडेमिले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि तिजको अवसर पारि सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।

प्रत्येक वर्ष तिजको अवसर पारि सास्कृतिक कार्यक्रम गर्दै आएको एकेडेमिले यस वर्ष यहि भाद्र २१ , २२ र २३ गते तुलसीपुरको अरनिको मैदानमा बृहत तिज बिषेश सांस्कृतिक कार्यक्रम गर्ने भएको क्लवका अध्यक्ष द्रोण आचार्यले पत्रकार सम्मेलनमा जानकारि दिनुभयो । सो अवसरमा बोल्दै आचार्यले सांस्कृति कार्यक्रममा कलाकारहरु राजु परियार , दुर्गेश थापा , पुस्कल शर्मा , सन्दिप न्यौपाने , प्रेम बिवश घर्ति , तिलक वलि , तृप्ती खडका , सम्झना मगर , नविन वलि , लोसिना लामिछाने ,ध्रुव कम्वेडि , बिक्रम राना, लगाएत एक दर्जन वढि केन्द्रिय तथा स्थानिय कलाकारहरुले आफनो प्रस्तुति दिने बताउनु भयो ।

तिजको अवसरमा महिला दिदि वहिनिहरुलाई सांस्कृतिक रुपमा मनोरञ्जन दिने तथा नेपाली संस्कृतिको संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेको उहाँको भनाई रहेको थियो । त्यसैगरि पत्रकार सम्मेलनमा बोल्दै सांस्कृतिक कार्यक्रमका संयोजक शरद शर्माले यस पटकको सांस्कृतिक कार्यक्रम भव्य हुने बताउनु भयो । सो अवसरमा बोल्दै शर्माले कार्यक्रममा सहभागि हुनकालागी रु ५० रुपैयाको टिकटको ब्यवस्था समेत गरेको बतउनु भयो । त्यस्तै शर्माले उक्त कार्यक्रममा संकलन भएको रकम मध्ये बाट तुलसीपुर ६ राजापुरका मृगौला पिडित ११ वर्षिय बालक शसि अधिकारिलाई रु एघार हजार एक सय एघार रुपैया सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै शर्माले हिन्दुमहिला दिदी बहिनीहरुलाई मनोरञ्जन दिनका लागी आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्न सवैमा आह्वान समेत गर्नु भयो । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार संगित वस्याल,बिमल गौतम , नारायणि रजौरे लगाएतकाले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१