ताजा अपडेट

इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद र बकर ईद

          |   237 Views   |   Published Date : 22nd August 2018 |

शिवु खनाल देउखुरी,  भदौ | इस्लाम धर्मावलम्वी समुहहरुको सबै भन्दा ठूलो दुई वटा छ । जसमा एउटा ईद र अर्को पर्व बकर इदको हो । इस्लाम धर्मावलम्वीहरुले यि पर्वहरुमा नयाँ लुगा लागएर त्यो दिन भरि घरमा र मज्जीतमा एक हासिँ खुसि, आपसमा दुख ः सुख आदानप्रदान गरि आफुमा आत्म निर्भर भएर मनाउने गरेको पाईन्छ ।


ईद भनेको के हो ?
दिउँसोको समयमा केहि नखाई उपासो बस्नेलाई रोजा भनिन्छ । एक महिना सम्म विहान सेहेरी खाई ४ बजे देखि बेलुका ७.१५ इफ्तार गरेर रोजा खोलीन्छ । एक महिना रमजानमा रोजा बसेको उपलक्ष्यमा खुसी मनाउने दिनलाई ईद भनिन्छ । विहान उज्यालो हुनु भन्दा अगाडि र त्यही दिन बेलुका सूर्य अस्ताउनु भन्दा रोजा खोलिन्छ, लमही नगरपालिका वडा नम्बर ५ सुनी जामा मज्जीतका ईमान(पुजारी) मौलान गुलाम मुर्ताजरले भन्नुभयो ।


रोजा किन बसिन्छ ?
हामीले गरेको नकारात्मक कार्यहरुलाई आत्मा बाट पाप धुन र शरिरलाई स्वास्थ्य राख्नको निम्ती रोजा बसिन्छ ।

बकर ईद भनेको के हो ?
अरबि महिनाको अन्तिम महिनालाई जिल हिज्जा भनिन्छ । यसै जिल हिज्जाको अरबि दश तारिकमा बकर ईद मनाईन्छ । नेपालीमा ऋषी भने जस्तै र अरबिमा नवि र रसुल भनिन्छ । संचार जगतमा जब देखि सुरु भयो, १ लाख २४ हजार अथवा २ लाख २४ हजार मध्य नवि र रसुल भित्र एउटा नाम हजरत इब्राहिल खलि लुल्ला इस्लाम धर्मावलम्वीहरुको भगवानका प्यारा ऋषी थिए । एक पटक फरिस्ताहरुले अल्ला संग केहि प्रश्न सोधे ? प्रश्न थियो, यिनि त हजुरको प्यारा शिष्य थिए तर, अहिले उनको माया र ममता बढी छोरा भित्र छ, फरिस्ताहरुले अल्ला संग प्रश्न राखे, यसै प्रश्नको उत्तर दिनको लागि ईब्राहिललाई राती सुत्ने बेलामा भगवानले तलाई सबैभन्दा बढी प्यारो लाग्ने त संग जे छ, त्यो मेरो राहामा कुर्वान गर भनेर तिन दिन सम्म रातीमा सपना देखे ।

पहिलो दिन विहान उठेर ईब्रहिल अलैहिस्सा सलामले सय वटा, दोस्रो दिन दुई सय वटा उठ कुर्वान गरे । तेस्रो दिन विहान उठेर आफ्नो श्रीमतीलाई ईब्रहिल अलैहिस्सा सलामले भने मलाई र मेरो छोरा ईस्माइल अलैहिस्सा सलामलाई निम्तोमा जानुछ, छोरालाई छिटो तयार गराएर लिएर आउ भने । निम्तोमा जान बाउ र छोरा हातमा छुरी र रसि बोकी मक्का बाट जंगलको मेनाको मैदानमा गए । बाउले छोरालाई भन्यो, मैले राती एउटा सपना देखेको छु, म तलाई (जब) काट्दैछु, अव तेरो ईच्छ्या केछ, बाउले छोरोलाई भन्यो । त्यही बेला छोराले हजुरलाई माथि बाट आएको हुकुम गर्नुस्, कुरा नकाट्ने छोरा पाउनु हुन्छ, छोराले भन्यो । बाउले छोरोलाई कुर्वान गर्ने क्रममा तिन पटक सम्म घाँटीमा चक्कुले काट्दा काटीयन र छेउमा रहेको ढुङ्गामा काट्यो, ढुङ्गा एकै चोटीमा काट्यो, पछि चक्कुलाई बाउले सोध्यो, मैले मेरो छोरालाई तिन पटक सम्म काटी रेड्दा सम्म एक पटक पनि काटेनस, अहिले तलाई एकै पटक काट्दा, किन काटिस भन्यो, ईब्रहिल अलैहिस्सा सलामल ।

हजुरलाई जस्ले छोरालाई कुर्वान गर भनेर माथि बाट हुकुम दिएको थियो, उहाले नै मलाई एक पटक मात्रै होईन सहत्तर पटक छोरालाई काट्दा पनि नकाट्नु भनेर हुकुम आएको थियो, चक्कुले भन्यो । जन्नत बाट भगवानले हजरत जिव्रलि अलैहिस्सा लाई भने, एउटा डुम्बा लिएर जा, ईस्माईलको ठाउँमा त्यो डुम्बालाई राख्देउ, उसले आफ्नो छोरालाई भन्दा मलाई बढी मान्छ, उसले छोराको ठाउँमा यो डुम्वालाई कुर्वार्न गर्छ, उसको ईच्छया पनि पुरा हुन्छ । यसरी डुम्वालाई कुर्वान गरि छोरालाई बचाएको खुसिमा इस्लाम धर्मावलम्वी बकर ईद मनाउने गरिन्छ, लमही नगरपालिका वडा नम्बर ५ सुनी जामा मज्जीतका ईमान(पुजारी) मौलान गुलाम मुर्ताजरले भन्नुभयो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१