४० लाखको लागतमा घोराहीमा भ्युटावर ,मुख्य मन्त्रीले उत्घाटन गर्ने

घोराही, भदौ । दाङको घोराही उपमहानगरपालिका १८ स्थित नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण भएको मनदिल पुन भ्यु टावरको पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले उद्घाटन गर्ने भएका छन । घोराही उपमहानगरपालिका–१८ निवासी पूर्वभारतीय सेनाका क्याप्टेन ७ वर्षीय मनबहादुर पुन र श्रीमती ७ वर्षीया दिलमाया पुनको नामबाट उहाका छोराहरुले निर्माण गरेको भ्यु टावरको भदौ ६ गते विहान हुने गुम्वा समितिले बताएको छ । गुम्वा समितीले सोमवार घोराहीमा पत्रकार सम्मेलन गर्दै पुन परिवारले ४० लाख लगानीमा निर्माण गरेको भ्यु टावरमा थप ५ लाख रुपैया लाग्ने बताएको छ । मनबहादुर पुन र उनका छोराहरु गुमान बहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनको सयुक्त लगानीमा निर्माण भएको भ्यु टावरमा सिसि टिभि क्यामरा, दुरविन राख्न बाँकी रहेको छ । दाङमा पहिलोपटक निर्माण गरिएको भ्यु टावरबाट एकपटकमा १५ देखि २० जना चढेर दाङ हेर्न पाउने छन् । त्यहाबाट दाङ उपत्यकाको अधिकांश भू–भाग देख्न सकिन्छ । १७ कट्ठा जग्गामा फैलिएको नमः छु बौद्ध गुम्बाको परिसरमा ५२ फिट उचाइको टावर निर्माण गरिएको निर्माणकर्ता नरेन्द्र पुनले जानकारी दिए । भ्यु टावरमा चढ्नका लागि आम नागरिकलाई ५० र विद्यार्थीलाई प्रतिव्यक्ति ३० रुपैँया शुल्क निर्धारण गरेको र त्यसबाट आउने रकम खर्च कटाएर शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा लगाउने गुम्बाले बताएको छ । सरकारी विद्यालयमा अध्ययन गर्ने जेहेनदार विद्यार्थीहरुलाई छात्रबृत्ति, … Continue reading ४० लाखको लागतमा घोराहीमा भ्युटावर ,मुख्य मन्त्रीले उत्घाटन गर्ने