ताजा अपडेट

जबर्जस्तीको करणीको प्रयास गर्ने विक कारागार चलान

          |   560 Views   |   Published Date : 18th August 2018 |

देउखुरी,भदौ | एक महिना अघि अमिलियामा दुई युवतीलाई जागिर लाईदिन्छु भनि लमही नगरपालिका वडा नम्बर ९ कालीखोला देखि सडक छउको वनमा जबर्जस्ती बलात्कारको प्रयास गर्ने बोधराज विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बितेको साउन २ गते अमेलिया खानेपानिमा जागिरको लाईदिन्छु भन्दै दुई युवतीलाई लमही अमेलिया सडक खण्ड अन्र्तगत कालीखोलाको वनमा बोलाएर जबर्जस्तीको प्रयास भएको पिडित युवतीले बताए । जबर्जस्तीको प्रयास गर्ने तुलसीपुर उप–माहानगरपालिका वडा नम्बर १४ भोजपुर निवासी १८ वर्षीय बोधराज विक कारागार चलान भएका हुन् भने सोही ठाउँ निवासी ३३ वर्षीय अर्का अभियुक्त बिष्णु विक फरार भएका छन् । फरार अभियुक्त बिकको खोजि भैरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१