ताजा अपडेट

कृषि उपज बजार केन्द्र नहुंदा समस्या

          |   185 Views   |   Published Date : 18th August 2018 |

दिवाकर पोख्रेल देउखुरी,भदौ  । उद्यमशिल वहुउद्देश्यिय कृषि सहकारी संस्था द्धारा गठित कृषक समुहमा आबद्ध लमही ४ सेमरहवाका देशुराम चौधरीले व्यवसायिक तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको कृषि जन्य उत्पादनको बिक्रीको लागि व्यवस्थित बजार नहुंदा समस्या भएको छ ।

निश्चित स्थानमा तरकारीको व्यवस्थित बजार नहुंदा चौधरीले विहानभरी बजार डुलाएर तरकारी बेच्नुहुन्छ । एकै ठाउँमा तरकारीको बजार लगाउने पाए सहज हुनेथियोे,उपभोक्ताले छानेर तरकारी किन्थे,हामीलाई डुलाउन पर्ने थिएन चौधरीले भन्नुभयो ।  लमही नगरपालिका ६की सुरजदेवि घर्तिले बेमौसमी तरकारी उत्पादन गर्दै आउनु भएको छ । उहाँले पनि व्यवस्थित तरकारी बजार नहुँदा समस्या भएको बताउनुहुन्छ । धेरै तरकारी बजारभरी डुलाएर बेच्न सम्भव हुदैन,खेतबारी बाटै सस्तोमा व्यपारीलाई दिनुपर्ने बाध्यता छ, सुरजदेविले भन्नुभयो ।

तरकारी खेतिको लागि पकेट क्षेत्र मानिने लमही नगरपालिका क्षेत्रमा कृषि बजारको अभावमा कृषकहरु समस्यामा परेका छन् । उद्यमशिल कृषि बहुउद्देश्यि सहकारी संस्थाको सहयोगमा ७० वटा कृषक समुहमा आवद्ध कृषकहरुले कृषि उपज बजारकेन्द्र स्थापना गर्न सहकारी र स्थानीय तहलाई आग्रह गरेका छन् । कृषि उपज बजारकेन्द्र स्थापना भए उत्पादित कृषि समाग्रीले उचित बजार पाउने र उपभोत्तालाई पनि सहज हुने विश्वास कृषकहरुको छ ।

संस्थाका अध्यक्ष दिलीप खनालले कृषकहरुलाई मल विउ,प्राविधिक सहयोग गर्दै आएको जानकारी दिदै बगर खेती सफल बनाउन आफ्नो संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो । खनालले कृषिउपज बजारकेन्द्रको समस्या रहेको भन्दै स्थानीय तह र सहयोगी संस्थाहरु लाई सहयोग गर्न आग्रह गर्नुभयोे । कृषकहरुको समस्या बारे स्थानीय सरकार गम्भिर रहेको भन्दै लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले कृषकहरुको लागि उपयुत्त स्थानमा कृषि उपज बजारकेन्द्र स्थापना गरिने बताउनुभयो ।

उद्यमशिल कृषि सहकारी संस्थाले आयोजना गरेको कृषकहरुको संघको अन्तरक्रिया कार्यक्रममा कृषकहरुले यस्तो माग गरेका हुन । सहकारी संस्थाका अध्यक्ष दिलिपराज खनालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ पाँच नम्बर प्रदेशका अध्यक्ष केपि घिमिरे,पत्रकार चुमा आचार्य र समुहमा आवद्ध किसानहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका सदस्य विश्वप्रकाश अधिकारीले विषय प्रवेश गराउनु भएको कार्यक्रमको स्वागत लक्ष्मी शर्माले गर्नुभएको थियो । संस्थाका सचिव पुरषोत्तम आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रममा किसानले राखेका जिज्ञासामा उप समितिका सदस्य शंकर गौतमले प्रस्ट्र पार्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१