गढवामा कृषिको जग्गाको कर पचास प्रतिशत घट्यो

घोराही, १ भदौ  । गढवा गाउँपालिकाले एकिकृत सम्पत्ति करको दायरालाई परिमार्जन गरेको छ । गाउँकार्यपालिकाको बैठकले एकिकृत सम्पत्ति कर अन्तर्गत कृषि क्षेत्रका जग्गाहरुको कर पुर्व निर्धारीत बाट ५० प्रतिसत घटाएको गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिए । चालु आर्थिक बर्षबाट लागुहुने गरि तोकिएको कर बढी भएको महसुस गरी जनताको मर्म र भावनालाई कदर गर्दै कृषि क्षेत्रको कर ५० प्रतिशत घटाईएको गाउँपालिकाले जनाएको छ । जस अनुसार जग्गाको मलपोत दस्तुर पुरानो नियममा केहि थप गरिएको र अन्य करहरुको हकमा देउखुरीका अन्य स्थानीय तहहरुको तुलनामा निकै कम भएको बताइएको छ । गाउँपालिकाले आफ्नो जग्गाको लालपूर्जा, घरको नक्सा झल्कीने फोटो सहित आ–आफ्ना वडा कार्यालयमा गै एकिकृत सम्पत्ति कर विवरण फाराम भर्नका लागी गाउँपालिका क्षेत्रका सबै नागरिकहरुलाई अनुरोध गरेको छ । Facebook Comments