ताजा अपडेट

सूचनाको पाए लगत्तै काम गर्छु ः एसपी पोख्रेल

          |   194 Views   |   Published Date : 17th August 2018 |

दाङ, १ भदौ । दाङ जिल्ला प्रहरी कार्यालमा भर्खरै सरुवा भएका आएका प्रमुुख कृष्णहरि शर्मा पोख्रेलले कुनै पनि अपराध जन्य सूचना प्राप्त भए तत्काल काम गर्ने बताएका छन् । शुक्रबार घोराहीमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।


दाङ जिल्ला भित्रका कुनै पनि अपराध जन्य घटना भएका , हन सक्ने र हँुदै छ भन्ने बारेमा सूचना प्राप्त भएमा तत्काल काम गर्ने पोख्रेले बताएका । ‘सूचना प्राप्त भएको आधारमा काम गर्ने हो ’ उनले भने ‘ राम्रा काम मात्र होइन् नराम्रो काम पनि हुन सक्छ र त्यो सूचना दिने व्यक्तिमा भर पर्छ । ’


पत्रकारहरुकोप्रहरीले निभाउनु पर्ने नैतिक जिम्मेवारी पुरा गर्दै वुद्धि,विवेक र क्षमताको आधारमा सकेजति सबै काम राम्रो गर्ने र प्रहरी कार्यालयमा आउँने सबै ग्राहक भएकोले अब देखि प्रहरी कार्यालयमा आउने व्यक्ति सेवा लिएर मात्र फर्कने बताए । जिल्ला भित्रमा हुने अवैध नदीजन्य बालुवा, ढुंगा ओसारपसार प्रतिबन्ध लगाउँने र गुण्डागर्दी, चोरी, डौकेटी, यौनहिंसा, जुवा, तास पूर्ण रुपमा नियन्त्रणमा ल्याउँने समेत बताए । र, अपराधजन्य घटनामा बिचौलीहरुको सामेल रहेकोले काम गर्न कठिनाइ भएको र अबका दिनमा बिचौलीहरुको अतित्व समाप्त हुने समेत प्रतिवद्धाता समेत जनाए ।

प्रहरी क्षेत्रमा काम गर्दै आएको २२ वर्ष पुरा गरेको र सबै राम्रो काम गरेको भनाई रहेको थियो । अबको दिनमा पनि राम्रो काम गर्नका लागि सूचना उपलब्ध गराई सहयोग पत्रकारहरुलाई अनुरोध समेत गरेका थिए ।

प्रहरीले विशेष गरेको शान्ति सुुरक्षा कायम, अपराध न्यनीकरण र अनुसन्धान मात्र गर्नु पर्ने तर पछिल्लो चरणमा सबै क्षेत्रमा प्रहरीले नै काम गर्दा अप्ठारो महसुस भएको बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१