ताजा अपडेट

भदौ २ गते देखि प्रशासनले शनिबार पनि सेवा प्रदान गर्ने

          |   117 Views   |   Published Date : 17th August 2018 |

तुलसीपुर,  भदौ १ |  जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवा प्रदान गर्ने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठका अनुसार शनिबार बिहान ११ बजे देखि दिउसो २ बजे सम्म कार्यालयले सेवा प्रदान गर्ने छ । भदौ २ गते देखि शनिबार पनि सेवा दिन शुरु गर्ने प्रजिअ श्रेष्ठले बताए ।

दाङमा शनिबार पनि सरकारी कार्यालय खोल्ने नयाँ अभ्यास शुरु भएको छ । ब्यस्त नागरिकहरुलाई मध्यनजर गरि शनिबार पनि सेवा दिन थालिएको उनले बताए । ‘अहिले धेरै मानिश अन्य बारमा ब्यस्त हुनुहुन्छ’ उनले भने‘ उहाँहरुलाई सेवा दिनका लागि शनिबार पनि कार्यालय खुल्ला गर्न लागेका हौं ।’ धेरै कर्मचारी, बिद्यार्थीलगायत अन्य बारमा ब्यस्त हुने नागरिकको सेवाका लागि शनिबार पनि सेवा दिन शुरु गरिएको भन्दै यसलाई दुई महिना सम्म परिक्षणका रुपमा लिईने बताए ।

शनिबार पनि सेवा लिनेको संख्या उल्लेख्य भएमा सेवालाई निरन्तरता दिने उनले बताए ।‘दुई महिनासम्म परिक्षण कालको रुपमा लिन्छौ’ उनले भने‘यदि दुई महिनासम्म सेवाग्राहीको संख्या उल्लेख्य भएमा सेवाले निरन्तरता पाउछ, अन्यथा बन्द हुन्छ ।’ यसले अन्य बारहरुमा हुने सेवाग्राहीको चाप पनि कमी हुने उनले बताए ।

सेवाग्राहीको माग अनुसार शनिबार पनि सेवा दिन थालिएको प्रजिअ श्रेष्ठले बताए । सेवाग्राहीको चाप निकै हुने भएकाले शनिबार पनि सेवा दिन थालिएको उनले बताए । यो संगै सेवाग्राहीलाई सहज हुने छ ।‘बिगतमा घण्टौं लाईन लाग्नु पर्ने थियो’ उनले भने‘यसले थप सहजता ल्याउने अपेक्षा छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१