ताजा अपडेट

बीमा रकम हस्तान्तरण

          |   99 Views   |   Published Date : 17th August 2018 |

देविराम कुसारी तुलसीपुर | नेपाल महिला सामुदायिक सेवा केन्द्रले बिहीवार एक कार्यक्रमको आयोजना गरि बीमा रकम हस्तान्तरण गरेको छ । सेवा केन्द्रको जीवन तथा आवास सुरक्षा कोष कार्यक्रम अन्तरर्गत तुलसीपुरकी स्वर्गीय पार्व्ति बुढाथोकीको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सेवा केन्द्रको लघुबित्तिय कार्यक्रम शाखा कार्यालय बिजौरीको केन्द्र नम्वर १७, समूह नम्वर १ को सदस्य रहेकी पार्वती बुढाथोकीको गएको वैशाख १० गते मृत्यु भएको थियो । सेवा केन्द्रका लघुबित्तिय विभाग प्रमुख यमलाल भुषालले मृतकका छोरा गोकर्ण बुढाथोकीलाई बीमा वाफतको तीन लाख ९० हजार रकम हस्तान्तरण गरेका हुन ।

सो अवसरमा बिजौरी शाखाका प्रमुख विपना घिमिरे, फिल्ड साहायक मनिसा गिरी, समुहका कमला बुढाथोकी, सुर्ज बुढाथोकी, विरा जोशी श्रेष्ट निकिता केसी लगाएतले यसरी हस्तान्तरण गरिएको रकमले परिवारलाई सहयोग पुग्ने वताएका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१