ताजा अपडेट

चन्दा र श्रमदानबाट शिव मन्दिर

          |   161 Views   |   Published Date : 17th August 2018 |

घोराही, भदौ १ । घाराही उपमहानगरपालिका वडा नम्वर १८ दिपज्योति टोलका स्थानियले चन्दा र श्रमदानबाट नागेश्वर पार्वति मन्दिर परिषरमा अर्को शिव मन्दिरको स्थापना गरेका छन । दिपज्योति टोल विकास संस्था र मन्दिर व्यवस्थापन समितीको पहलमा ४ लाख ७ हजारको लागतमा उक्त मन्दिरको निर्माण गरिएको बताइएको छ ।


यसैबीच मन्दिरको विहिवार घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले उत्घाटन गरेका छन । मन्दिरको उत्घाटन गर्दै चौधरीले जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउनको लागि धार्मिक क्षेत्रको विकास अनिवार्य भएको बताए । साथै उनले अरु देश भन्दा भिन्न भनेको नै यहाँको धार्मिक क्षेत्र भएको हुदाँ जिल्लाको विभिन्न स्थानमा रहेको धार्मिक क्षेत्रको विकासको लागि आफुले पहलकदमी चालिरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले पछिल्लो समय समुदायको सामाजिक संरचनाको विकासको लागि जनताहरु सक्रिय भएर लागेको भन्दै खुसि व्यक्त गरेका थिए । विकास गर्ने क्षमता, आट, श्रम र पैसा सबै समुदायसँग भएको दावि गर्दै मेयर चौधरीले सरकारले त जनताको काममा हौसला प्रदान गर्ने प्रयास मात्रै थालेको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख रन्जन हवा, वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डे, १९का वडा अध्यक्ष हर्क घर्ति, वडा नम्वर १८का वडा सदस्य कृष्ण घर्ति, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितल, चर्चित हास्य कलाकार कमल गाउले, चन्दादाता सुवास गौतम, भरतमणि शर्मा लगायतले मन्दिरको उन्नतीको लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा मन्दिरलाई चन्दा दिइ सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष ज्ञानबहादुर रायमाझीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उत्घाटन कार्यक्रमका संयोजक मानबहादुर विकले गरेका थिए ।

यसैगरि कार्यक्रमको सहजिकरण सचिव केशव केसीले गरेका थिए । यसैबीच कार्यक्रममा मन्दिर व्यवस्थापन समितीले भक्तजनहरुको लागि करिव साढै दुइ लाखको लागतमा मन्दिर जानेबाटोमा ३ कोठे शौचालय समेत निर्माण गरेका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१