ताजा अपडेट

गढवामा फोहर ब्यवस्थापन गरिने

          |   89 Views   |   Published Date : 17th August 2018 |

घोराही, १ भदौ । लामो समयदेखि फोहर व्यवस्थापन नभएर फोहरै फोहरले अस्तव्यस्त गढवा गाउँपालिकाका र गढवा बजार अब सफा र शुन्दर नगरी बन्ने भएको छ । गढवा गाउँपालिकाको हालै सम्पन्न गाउँकार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्रका सबै स्थानहरुमा यत्रतत्र छरिएर रहेको फोहरलाई व्यवस्थापन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए ।

गत आर्थीक बर्ष २०७४÷०७५ मा बिनियोजन भएको १० लाख मध्येको रकमबाट फोहर ब्यवस्थापन गर्ने डम्पिङ साईट निर्माण गरेपछि फोहर व्यवस्थापन हुने निश्चित भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।


जस अनुसार हरेक हप्तामा २ दिनका दरले एक महिनामा ८ दिन सम्म गाउँपालिकाको टे«याक्टर प्रयोग गरि फोहर उठाईने र संकलित भएको फोहरलाई डम्पिङ साइटमा लगेर विसर्जन गरिने छ । गाउँपालिकाका बजार क्षेत्रहरुमा डस्टिविनको ब्यवस्थापन गर्दै जाने र सबै ब्यवसायी तथा नागरिकहरुलाई डष्टविनमा फोहर राख्न आग्रह गरिने छ । जसका लागि संचार माध्यमहरुबाट सुचना प्रकाशन प्रसारण तथा माईकिंग समेत गरिने छ । गल्ने फोहर र नगल्ने फोहर अलग अलग राख्नुपर्ने छ । सुचना भई सकेपछि पनि निश्चित ठाउँमा फोहर नराखेर कुनै व्यवसायी वा नागरिकले अटेरी गरेर यत्रतत्र फोहर फालेको पाईएमा आवश्यक कानूनि कार्वाही समेत गरीने गाउँपालिकाले जनाएको छ ।

गोवरडिहा बजार र सुपैला देखि पुर्व कालाकाटे तथा धानखोलासम्मको फोहर हरेक हप्ताको विहिवार उठाईने र गोवरडिहा देखि पश्चिम गंगापरस्पुर,गढवा बजार, मानपुर र वडा नं. ७ को चन्दनपुर सम्मको फोहर हरेक हप्ताको आइतवार उठाइने भएको गाउँपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि लमही कोइलाबास सडक खण्डको गढवा–५ स्थित सामुदायिक जंगलभित्र डिपिआर गरी डम्पिङ साइट तयार भएको बताइएको छ । गाउँपालिका क्षेत्रभित्रको सबै फोहोर हाललाई सोही स्थानमा व्यवस्थापन गर्ने र आगामी दिनमा पुर्वतर्फको फोहर व्यवस्थापनका लागि डिपिआर तयार गरि डम्पिङ साइट निर्माण गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताइएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१