ताजा अपडेट

उपमहानगरपालिकाले नसुनेपछि आँफै सरसफाई

          |   138 Views   |   Published Date : 17th August 2018 |

दाङ, १ भदौ | घोराही बजारको शुक्रवार सरसफाई गरिएको छ । घोराहीको सहिद गतेदेखी जिल्ला प्रशासन कार्यालय जाने सडकसण्डको सरसफाई गरिएको हो ।


सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा जिल्ला प्रहरी कार्यालय दाङ र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीसँगको सहकार्यमा सररसफाई गरिएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको नेतृत्वमा सरसफाई गरिएको थियो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतम र गोपाल रायमाझीको नेतृत्वमा र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका सञ्जु केसी, तिलक वली र ईराक घर्ति मगरको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतल, सह–सचिव केवि घर्ति मगर, कोषाध्यक्ष कैलाश रोका मगर र सदस्य बसन्त पुनको पनि सहभागिता रहेको थियो ।

यस सडकमा वरिपरी दुई महिनादेखी बन्द रहेको नाला सफाई गरिएको थियो । साल्ट्र ट्रेडिङको जग्गामा सवारी साधन जानकालागि नाला बन्द गरिएपछि दुई महिनादेखी बन्द रहेको नालाले दुर्गन्ध फैलिएको थियो । जसले गर्दा सो सडक भएर हिड्नेहरुलाई नाक बन्द गरेर हिड्नुपर्ने बाध्यता थियो ।

उपमहानगरपालिकालाई पटक–पटक जानकारी गराउदा पनि नाला सफाई नभएपछि जिल्ला प्रहरी कार्यालय र ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरको सहयोगमा नाला सफाई गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो । ‘यहाँ नाला बन्द भएको करिब २ महिना भईसकेको थियो । दुर्गन्ध एकदमै थियो’ अध्यक्ष पुनले भन्नुभयो– ‘हामीले पटक पटक उपमहानगरपालिकालाई भन्यौ तर सुनेन, अनि आँफै सरसफाईमा लागेका छौ ।’ शुक्रवार नाला सफाईसँगै सडक वरिपरीका झाँडीहरु पनि सफाई गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१