ताजा अपडेट

युनिक मार्केट सञ्चालनमा

          |   516 Views   |   Published Date : 16th August 2018 |

दाङ, साउन ३१ । बढ्दो युवा पलायनलाई रोकी युवाहरुलाई स्वरोजगार बनाउन भन्दै दाङको घोराहीमा युवाहरुले युनिक मार्केट सञ्चालनमा ल्याएका छन । घोराही उपमहानगरपालिका वडा नं १५ तुल्सीपुर चोकमा ९ जना युवाले करिव एक करोड ५० लाख रुपैयाको लगानीमा ४३ सटरको मार्केट भवन स्थापना गरी सञ्चालनमा ल्याएका छन । ती सटरमा बिभिन्न प्रकारका पसलहरु सञ्चालन भएका छन ।

पसल गरेर स्वरोजगार बन्ने खोज्ने तर न्यून पूँजी भएकाहरुलाई स्थानीय बित्तिय संस्थाहरुबाट कर्जा लिने ब्यवस्था गरी ब्यावसायिक वन्न सहयोग गर्ने गरेको युनिक मार्केट संचालन समितिका अध्यक्ष शालिकराम खनाल बताउनुहुन्छ । संस्थाले गरेको ब्यवस्था अनुसार संस्थाको रोहवरमा कर्जा लिएर ब्यापार थालेको बताउनुहन्छ—रिद्धिसिद्धी मोवाइल पसलका सचेत कुमार शर्मा । यसअघी आफू रोजगारीका शिलशिलामा भारतमा रहेको र अहिले घर आएका बेला कर्जा ब्यवस्थापन गर्ने सहितको मार्केट सञ्चालन हुन थालेको थाहा पाएर सोही प्रक्रिया अनुसार पसल शुरु गरेको शर्माले बताउनुभयो । शर्मा मात्रै होइन क्रिस्टल गिफ्ट पसलका सञ्चालक ध्रुवराज पौडेल पनि सोही मार्केटभित्र गिफ्ट पसल गर्नु भएको छ ।

युवाहरुललाई स्वरोजगार बनाउने मार्केटको उद्देश्यलाई बुझेर आफूले पनि कर्जा लिइ पसल थालेको पौडेल बताउनुहुन्छ । त्यस्तै, यसअघि दाङकै गढवामा हार्डवेयर पसल संचालन गरीरहनुभएका कोमल पाण्डे पनि पुरानो ठाउामा भन्दा यस मार्केटमा बढि नाफा हुने भन्दै नयाँ व्यवसाय संचालन गर्नुभएको छ ।

मार्केटमा आधुनिक प्रकारका सुविधा पनि राखिएको छ । सिसी क्यामरा जोडिएको छ । जसले व्यापारको सुरक्षामा टेवा पुग्ने विश्वास सञ्चालकको छ । सवारी साधन पार्किङको सुविधा, वाइफाइको समेत व्यवस्था गरिएको सञ्चालक समितीका अध्यक्ष शालिकराम खनालले जानकारी दिनुभयो । पसल गर्न आउनेहरुलाई संस्थाले १५ बर्षसम्मको भाडा सहमति गर्ने गरेको छ । जसले गर्दा पसल गर्नेहरुको आकर्षण देखिएको छ ।

युनिक मार्केटभित्र नयाँ युवाहरु सँगै अनेत्र पसल गरेका अनुभवीहरुले पसल गरेका छन । अनेत्र एकल घरबेटी हुदा अस्वभाविक रुपले घरभाडाँ बढाउने र लामो समयको भाडा सहमति गर्न घरबेटीले नमान्दा पसल पटकपटक सार्नु पर्ने र यसरी सार्दा पसलको डेकोरेसनमा धेरै खर्च हुने गरेका कारण आफूहरु युनिक मार्केटमा पसल गर्न आएको उनीहरुको भनाई छ । मार्केट सञ्चालकहरु पनि अधिकाम्स युवा ब्याबसायिक भएको हुदाँ उनीहरुले पसल गर्न आउनेहरुको समस्या बुझ्छन र राम्रो हुन्छ भन्ने विश्वास पसल सञ्चालन गर्नेहरुको छ । एउटै छानोमुनी सवै प्रकारका सामान पाइने र किनमिल गर्नका लागि आउदा प्रयोग गरिएको सवारी साधान राख्ने प्रस्तस्त पार्किङको ब्यवस्था गरिएको हुँदा आफूहरुलाई सहज भएको अनुभवी ग्राहकको छ ।

कोशीस फाउण्डेसनको व्यवस्थापनमा युवाहरुले ऋण लिएर मार्केट सञ्चालन गरेका हुन । लगानी सुरक्षीत हुने भएकाले यसमा लगानी गरेको अध्यक्ष खनालको भनाइ रहेको छ । निर्माण गरीएको माकेटमा युवाहरुलाइ प्राथमिक्ता दिइएको अध्यक्ष खनालले बताउनुभयो । ‘हामीले युवाहरुलाई व्यवसायमा सहभागि वनाउने उदेश्यले सुपर माकेट सञ्चालन गरेका हौ’ अध्यक्ष खनालले भन्नुभयो । युवाहरुले नै निर्माण गरेको देखेपछि युवाहरु यस तर्फ आउन समेत सहज हुने उहाले बताउनुभयो । व्यवसायि गर्न चाहने युवाहरु लाई फाउण्डेसन मार्फत ऋण समेत मिलाइ दिने गरेको उहाको भनाइ रहेको छ ।

जिल्लामा पछिल्लो समयमा सुपर माकेटहरु खुल्ने क्रम वढदै गएको छ । जिल्लाका शहरी क्षेत्रहरुमा सुपर माकेटहरु खुल्न थालेका हुन । घोराही क्षेत्रमा मात्र करिव आधा दर्जन सुपर माकेट सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका मध्ये व्यक्तिगत तथा सामुहिक लगानीमा केही सञ्चालनमा रहेका छन भने केही माकेटहरु निर्माण हुदै गरेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१