ताजा अपडेट

आईटी कक्षाका लागि भर्ना आह्वान

          |   176 Views   |   Published Date : 16th August 2018 |

दाङ, साउन  ३१ । सरस्वती मावि भरतपुर काठेकोहोलमा यो वर्ष देखि सिटिईभिटि अन्र्तगत तीन वर्षीय सुचना प्रविधि अध्ययन सुरु हुने भएको छ । केहि दिन अगाडी सरस्वती मावि भरतपुर काठेकोहोलसंगै दाङका ९ वटा विद्यालयलाई सिटिईभिटीले विभिन्न विषयगत अध्ययन गराउने अनुमती प्रदान गरेको थियो ।

२०३७ सालमा स्थापना भएको विद्यालयमा अहिले ८ सय विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयले व्यवहारिक शिक्षालाई आत्मसाथ गर्दै समय सुहाउदो शिक्षा प्रदान गर्नका लागि सिटिईभिटी अन्र्तगतको तीन वर्षे सुचना प्रविधि डिप्लोमा कार्यक्रम सञ्चालन गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर पौडेलले बताउनुभयो । भर्ना आह्वान गरिरहेको विद्यालयले आगामी असोज देखि कक्षा सञ्चालन गर्ने बताएको छ ।

कक्षा सञ्चालनका लागि आबस्यक सम्पुर्ण पुर्वाधार तथा जनशक्तिको तयारीहरु भैसकेको विद्यालयले बताएको छ । कम्प्युटर ल्यावका लागि अहिले १९ वटा कम्प्युटर रहेको र आबस्यक पर्ने २४ वटा मध्य र बाँकी विद्यालय गतिविधि सञ्चालनका लागि ७÷८ वटा कम्प्युटरहरु खरिदको प्रक्रियामा रहेको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । फिजिक्स ल्याव यस अगाडी नै निर्माण भैसकेको, क्यामेष्ट्रि ल्याव निर्माणाधिन अबस्थामा रहेको, लाईब्रेरिका थप किताबहरुको खरिद प्रक्रियामैरहेको र पहिलो सेमेष्टरका लागि चाहिने २ जना शिक्षकहरुको तयारी अबस्थामा रहेको विद्यालयले बताएको छ । ६ वटा सेमेष्टरको तीन वर्षे कोर्षका लागि ८ जना शिक्षक चाहिने विद्यालयले बताएको छ ।

कक्षा सञ्चालनका लागि विद्यालयले २० लाख रुपैया बजेट विनियोजन गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । ४८ जना विद्यार्थीहरुको कोटा रहेकोमा विद्यालयमा ४ जनालाई छात्रबृत्तिमा अध्ययन गराउने छ । र तीन वर्षे कोर्षका लागि २ लाख २० हजार रुपैया शुल्क बाहेक कुनै पनि शुल्क नलिने बताएको छ । विद्यार्थीले पहिलो वर्षको दुई वटै सेमेष्टरका शुल्क पहिल्यै बुझाए ५ हजार रुपैया छुट, दुई वर्षको ४ वटा सेमेष्टरका लागि लाग्ने सम्पुर्ण शुल्क पहिल्यै बुझाए १० हजार रुपैया छुट र तीनै वर्षको सम्पुर्ण शुल्क अग्रीम बुझाए २० हजार रुपैया छुटको सुविधा रहेको पनि विद्यालयले बताएको छ । यस्तै एउटै परिवारका दुई विद्यार्थीहरु अध्ययनका लागि आए अन्तिम सेमेष्टरका लागि लाग्ने २८ हजार रुपैया छुट गर्ने विद्यालयले निर्णय गरेको छ ।

प्राविधिक रुपमा एसएलसी पास गरेका र एसईई मार्फत अग्रेजी र विज्ञानमा सी ग्रेड र गणितमा डि प्लस ल्याएका विद्यार्थीहरुले प्रबेश परिक्षा दिन पाउने विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बताउनुभयो । नेपाली र अग्रेजी दुवै माध्यमबाट अध्यापन गराईदिने, विद्यार्थीको ९० प्रतिशत उपस्थिती हुनै पर्ने पौडेलले बताउनुभयो । साथै विद्यार्थीहरुले तीन वर्षे कोर्ष अध्ययन पछि पनि विएससी आईटी, विसिए, विआईटी लगाएतको कोर्षहरु अध्ययन गर्न पाउने विद्यालयले बताएको छ । अहिले विद्यार्थीहरु आउने क्रम सुरु भैसकेको विद्यालयले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१