ताजा अपडेट

अनुसन्धान तथा साँस्कृतिक अध्ययन केन्द्र तत्काल सार्न माग

          |   102 Views   |   Published Date : 16th August 2018 |

घोराही,  साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वंलीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको अनुसन्धान तथा राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्रको केन्द्रीय कार्यालय बेलझुण्डीमै तत्काल सारिनुपर्ने माग गर्नुभएको छ ।

कार्यालय सार्न विश्वविद्यालयले आनाकानी गरिरहेको प्रति आपत्ती जनाउदै वडाध्यक्ष वंलीले बुधवार विज्ञप्ती जारी गरी यस्तो माग गर्नुभएको हो । गत जेठ १० गतको मन्त्री स्तरिय बैठकले काठमाण्डौमा रहेको अनुसन्धान तथा साँस्कृतिक अध्ययन केन्द्रको कार्यालय केन्द्रीय कार्यालय बेलझुण्डी सार्ने निर्णय गरे पनि त्यसको कुनै सुनुवाई नभएको प्रति आपत्ती जनाउदै वडाध्यक्ष वंलीले स्थानीय सरकारको तर्फवाट आपत्ती प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले गरेको निर्देशन माथि कुनै सुनुवाई नहुदा प्रधानमन्त्री कार्यालयले पुन साउन २२ गते पत्राचार गरी केन्द्र सार्न निर्देशन दिए पनि हाल सम्म कुनै काम अघि बढ्न नसकेकाले तत्काल सरकारको निर्देशलाई कार्यन्वयन गर्दै दाङको कार्यालय दाङमै सार्न माग गर्नुभएको छ । यदि सरकारको निर्देशनको कुनै सुनुवाई नभए स्थानीय सरकारको तर्फ वाट कडा कदम चालिने विज्ञप्तीमा उल्लेख छ ।

विश्वविद्यालयका उपकुलपतिले सरकारका निर्णय विरुद्धको काम गरिरहेकाले तत्काल सच्चिन पनि विज्ञप्ती मार्फत चेतावानी दिएको छ । व्यक्तिगत स्वार्थका कारण एक ठाउकोँ कार्यालय अर्काे ठाँउमा राखिएकाले त्यसो नगर्न पनि आग्रह गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१