ताजा अपडेट

साईबर अपराधका घटनाहरु बिरुद्द सचेतना कार्यक्रम

          |   161 Views   |   Published Date : 15th August 2018 |

 घोराही, ३० साउन । पछिल्लो समयमा साईबर अपराधका घटनाहरु बढ्दै जान थालेपछि सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले सचेतना कार्यक्रम सुरु गरेको छ । विकास हुदै गएको प्रविधीको दुरुपयोग गर्दै अपराधका घटनाहरु बढ्न थालेपछि सेवा केन्द्रले विद्यार्थीहरुकालागि सचेतना कार्यक्रम सुरु गरेको हो । जस अन्तरगत केन्द्रले वुधवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको मावि रझेनामा सचेतना कार्यक्रम गरेको छ ।


कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साईबर अपराधबारे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक गोपाल रायमाझीले प्रशिक्षण दिनुभएको थियो । जसमा साईबर अपराध भनेको के हो, प्रविधीको दुरुपयोग कसरी हुन्छ, अपनाउनुपर्ने सतर्कता एवं कानुनी व्यवस्थाका विषयमा जानकारी दिनुभएको थियो ।


केन्द्रका अध्यक्ष अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक उद्धन्व न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सदस्य बसन्त पुनले गर्नुभएको थियो । साईबर अपराधबारे विद्यालयकालागि सचेतना कार्यक्रम निरन्तर हुने अध्यक्ष विष्णु पुनले जानकारी दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१