ताजा अपडेट

डाक्टर पर्खदै अञ्चल अस्पतालको आईसियू

          |   134 Views   |   Published Date : 15th August 2018 |

तुलसीपुर, ३० साउन । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आईसियू मेसिन जडान भएको दुई बर्ष भन्दा बढि भयो । तर आईसियू सेवा सञ्चालनमा आउन सकेको छैन् । आईसियुका लागि जडान भएका उपकरणले डाक्टर पर्खिरहेका छन् । दुई बर्ष भयो डाक्टर पर्खन थालेको, तर अझै उपकरणले डाक्टर पाउन सकेको अबस्था छैन् ।

पटक पटक अस्पताल प्रशासनलाई बुझ्दा एउटै जवाफ दिन्छ‘जनशक्ति छैन्, त्यसैले सञ्चालनमा आउन सकेको छैन् ।’ अस्पताल प्रशासनले यति भनिरहदा आम नागरिकले प्रश्न गर्छन्‘दुई बर्ष सम्म पनि जनशक्तिको ब्यबस्थापन गर्न नसक्नु कम्जोरी कस्को ?’

अञ्चल अस्पतालका सूचना अधिकारी कमल सुबेदीका अनुसार आईसियु सेवा सञ्चालनका लागि बिशेषज्ञ, तालिम प्राप्त मेडिकल अधिकृत, स्टाफनर्स, अनमी, कार्यालय सहायक, स्वीपुरको आबश्यक पर्छ । तर यी दरबन्दीमा कर्मचारी नहुँदा सञ्चालनमा आउन नसकेको उनले बताए । अबको केही समयमा आईसियु सेवा सञ्चालनमा ल्याउने तयारी रहेको समेत उनले बताए । आईसियु सेवा शुरु नहुँदा सामान्य विरामीलाई पनि रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अहिले अञ्चल स्पताल रेफर सेन्टरको रुपमा विकास भएको आम नागरिकको गुनासो छ । अञ्चल अस्पतालका सेवा प्रभाबकारी नभएको सरोकारवालाले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१