ताजा अपडेट

दाङका बुढाथोकी युरोपमा सम्मानित

          |   526 Views   |   Published Date : 14th August 2018 |

दाङ, साउन २९ । दाङका व्यवसायी खड्ग बुढाथोकी युरोपमा सम्मानित हुनुभएको छ । युरोपस्थित अजरवैजानको राजधानी बाकुमा भएको एक कार्यक्रममा नेपालका उत्कृष्ट व्यवसायीका रुपमा बुढाथोकी सम्मानित हुनुभएको हो ।

विश्व प्रसिद्ध कम्पनी जोनी वाकरले आयोजना गरेको सुपर एचिभ डिलर अफ ग्लोवल ट्रेडिङ कन्सर्न कार्यक्रममा दाङको घोराहीमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बुढाथोकीलाई नेपालकै उत्कृष् बिक्रेताका रुपमा सम्मान गरिएको हो ।

श्रृङ्खला सप्लायर्स घोराहीका एमडी बुढाथोकीलाई कम्पनीको तर्फबाट आशिष अग्रवाल र पुरुषोत्तम गैरेले सम्मान गर्नुभएको थियो । जिल्लाका प्रतिष्ठित व्यवसायी बुढाथोकी जिल्लाका विभिन्न व्यवसायीक प्रतिष्ठानहरुसँग आवद्ध हुनुहुन्छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्षसमेत रहनुभएका व्यवसायी बुढाथोकीले आफूलाई व्यवसायमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

विश्वभरका व्यवसायीहरु सम्मिलित कार्यक्रममा आफू नेपालको उत्कृष्ट विक्रेताको रुपमा सम्मानित हुँदा अत्यन्तै खुसी भएको भन्दै व्यवसायी बुढाथोकीले भन्नुभयो, ‘विश्वभरका व्यवसायीहरुका बीचमा सम्मानित हुँदा धेरै खुसी भएको छु । मलाई यो अवस्थासम्म ल्याइपु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१