ताजा अपडेट

नेपाल तरुण दलका सदस्य द्वारा ब्रेन ट्यूमरको विरामीलाई सह्योग

          |   412 Views   |   Published Date : 13th August 2018 |

नेपालगन्ज साउन २८ । नेपाल तरुण दल नेपालगन्ज उप–महानगर कमिटीका सदस्य उमंग युगल श्रेष्ठले आफ्नो जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर पीडित विरामीको उपचारको लागि सहयोग गरेका छन् ।आफ्नो जन्मदिनमा ब्रेन ट्युमर्ले ग्रसत लक्ष्मी शाहीलाई आर्थिक सह्योग गर्नु भ्एको छ् |


बाँकेको खजुरा निवासी लक्ष्मी शाहीको उपचारको लागि श्रेष्ठले १५ हजार सहयोग गरेका हुन । केही वर्षदेखि ब्रेन ट्युमरले ग्रशित शाही उपचारको लागि आर्थिक अभावमा खजुरास्थित माईती घरमा बस्दै आएकी छन्


‘ शाहीले आर्थिक अभावमा उपचार गर्न नसकी माइतीमै आश्रय लिएर बसेको जानकारी पाएपछि आफुले जन्मदिन मनाएर फाजुल खर्च गर्नु भन्दा उनको जीवन बचाउन केही मद्दत गर्न उचित ठानेर सानो रकम सहयोग गरेको हुँ’–श्रेष्ठले भने ।

श्रेष्ठले नेपाल तरुण दल नेपागलगन्ज उप–महानगर कमिटीका अध्यक्ष संदिप जंग शाहलाई सो रकम हस्तन्त्रण गरेका थिए । नगर अध्यक्ष शाहले आफुहरुले शाहीको अवस्था जानकारी पाएपछि उनको उपचारको लागि सहयोग जुटाउन पहल गरेको बताए ।

पीडित लक्ष्मीकोे बिरामीको बारेमा जानकारी पाएपछि उनका श्रीमानले अर्को विवाह गरी बेपत्ता भएपछि उनी रोग पालेर माइतीमा आश्रय लिन बाध्य भएको जानकारी पाएपछि आफुहरु उनको जीवन बचाउनको लागि केही गरौ भन्ने सोचले पहल गरेको अध्यक्ष शाहले बताए ।

सो अवसरमा तरुण दत बाँकेका सचिव बिनोद रिजालको समेत उपस्थिति रहेको थियो ।बिगतका दिनहरुमा अन्य सह्योग गर्दै आएका श्रेष्ठले पीडित शाहीलाई सह्योग गरेका हुन | बिभिन्न संघ संस्थामा आबद्द श्रेष्ठले आगामी दिनहरुमा आफुले सक्दो गर्ने प्रतिबद्द्ता जाहेर गर्नु भयो |

 

सभार  : सदरलाइनडटकम

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१