ताजा अपडेट

एक साता भित्र घोराहीमा पार्किङ व्यवस्थित गरिने

          |   180 Views   |   Published Date : 13th August 2018 |

घोराही,  साउन | घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका अटो तथा इ रिक्साहरुको एक सातामा व्यवस्थापन गर्ने भएको छ । उपमहानगरको अटो तथा इरिक्सा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले अटो तथा रिक्साहरुको उचित पार्किङ, रुट निर्धारण र यात्रा भाडादर एक सातामा कायम गर्ने निर्णय गरेको हो ।

उपमहानगरका उपप्रमुख एवं समिति संयोजक सीता न्यौपानेको अध्यक्षतामा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवर सहित बसेको समितिको बैठकले नगर क्षेत्रका कम्तिमा दुई दर्जन पार्किङ स्थल छनोट गर्ने निर्णय गरेको छ । भोली देखी पार्किङ स्थलको प्राबिधिक अध्ययन सहित छनोट गर्ने र अटो तथा इरिक्साहरुलाई रुट छनोट गर्न दिएर सञ्चालनमा व्यवस्थित गर्ने समितिले निर्णय गरेको छ ।

घोराहीको बजार क्षेत्र वडा नम्बर १४ र १५ मा अटो तथा इरिक्साहरु जथाभावि गुड्ने, पार्कीङ गर्ने र भाडा मनपरि लिने गर्दा यात्रु मारमा परेको गुनासो बढेपछि उपमहानगरले एक सातामा व्यवस्थित गराउने निर्णय गरेको वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । त्यसैगरी बजार क्षेत्रमा मोटरसाईकल र साना गाडीहरुलाई पार्किङ गर्न चिन्ह लगाउने काम समेत तत्काल थाल्ने निर्णय भएको छ । पार्किङ स्थल र चिन्ह नहुदा मनपरि पार्किङ हुने प्रहरीले हेलमेट उठाउए लग्ने गर्दा चालकहरु समस्यामा परेपछि यसको पनि व्यवस्थापन गर्न लागिएको वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

ट्राफिक प्रमुख कुवरले सबैको सहकार्यबाट बजारलाई व्यवस्थित र अनुशासित बनाउन आबस्यक रहेको बताउनुभयो । पार्किङ स्थल तोकिए पछि आफुले अक्षरस कार्यान्वयन गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै बसहरुलाई अनिवार्यरुपमा बसपार्कबाट चल्ने गराउन समेत कडारुपमा प्रस्तुत हुने र अब सडकमा पार्किङ गर्न नदिने बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१