ताजा अपडेट

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा नपर्ने दावि : मेसु डा. पन्थि

          |   300 Views   |   Published Date : 12th August 2018 |

घोराही, २७ साउन । राप्ति उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा. जनार्दन पन्थिले आफ्नो कारणले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा नपर्ने दावि गरेका छन् । सञ्चारमाध्यममा निमित्त मेसु डा. जनार्दन पन्थिका कारण स्वास्थ्य प्रतिष्ठान धरापमा पर्न गएको समाचारहरु आउन थालेपछि डा. पन्थिले आइतवार आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रम गरेर त्यस्तो नभएको दावि गरेका हुन् ।

प्रतिष्ठान र आफ्नो विचमा कुनै विवाद नरहेको भन्दै प्रतिष्ठानले हचुँवाको भरमा काम गर्न खोज्दा धेरै विवाद देखीएको भन्दै उनले दाङका सरोकारवालाले कुरा नबुझ्दा समस्या उत्पन्न भएको उनले दोहो¥याए । स्वास्थ्य मन्त्रालयको पत्र विना आफुले प्रतिष्ठानका पदाधिकारीलाई उपक्षेत्रीय अस्पताल जिम्मा लगाएको भएमा अस्पतालवाट सबै सरकारी चिकित्सहरु वाहीर जाने वातावरण बन्नेवाट आफुले जोगाएकोसमेत डा. पन्थिले दावि गरे । आफुमाथि डा. पन्थिकै कारण प्रतिष्ठान अन्यौलमा पर्यो कि वा धरापमा पर्न थाल्यो भनेर सार्वजनिकरुपमा आरोप लगाईएको बताएका उनले पुर्व सांसद योगेन्द्र चौधरीको सकृयतामा राप्तिका सम्पुर्ण सांसद भेला भएर प्रतिष्ठानमा जाने निर्णय गरेको स्मरण गर्दै प्रतिष्ठान ल्याउन आफ्नो पनि धेरै ठुलो भुमिका रहेको भनेर चर्चा गरेका थिए ।

आफ्नै कारणले अस्पताल यहाँसम्म आएको भन्दै दुई चारजना आफ्नो विरुद्धमा उफ्रीदैमा केही नहुनेसमेत दावि गरे । पत्रकार भेटघाटमा डा. पन्थिलाई पत्रकारहरुले प्रतिष्ठान त अव नचल्ने भयो हैन भनेर राखेको जिज्ञाशामा उनले भने–हामीले भनेजस्तो भर्खरै स्थापना भएको प्रतिष्ठान आजको आजै दौडेर हिड्दैन, स्वास्थ्य मन्त्रालयमा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भनेर चिट्ठि बनीसकेको र पुरानै वा नयाँ जो आउनुहुन्छ, उहाहरुले पत्र ल्याएर आएमा मैले सहजै हस्तान्तरण गरेर जाने तयारीमा छु ।’ प्रतिष्ठान नभई सरकारी मेडिकल कलेज भएमा आफुलाई नछाड्ने र कुनै न कुनै जिम्मेवारी वा अस्पतालको डाइरेक्टरसमेत बन्न सकिने समेत डा. पन्थिको भनाई छ ।

विरामिले राम्रो उपचार नपाइरहेको तथा अस्पतालमा आएका विरामिहरुलाई वाहीर निजि क्लिनिकमा अप्रेसन तथा चेकजाँचका लागि पठाइने गरेको गुनासो छ नि भन्ने प्रश्नमा डा. पन्थिले भने–‘स्वाभाविकरुपमा हामिसंग जनशक्ति अभाव नै छ, दरबन्दि अनुसारका चिकित्सक नै छैनन्, सबै विरामिहरु हेरेर डाक्रटहरुले भ्याउदैनन्, विशेषज्ञ सेवामा कुनै सिन्डीकेट छैन, मैले वकैदा सरकारसंग अनुमति लिएको छु निजिमा विरामि हेर्ने भनेर, मलाई चेक गराउन निजि क्लिनकमा आउछन् के गर्ने नजाच्ने त भन्नु त, हो मकहाँ आउने विरामि निजि क्लिनिकमा जाच्छु।’ साथै डा. पन्थिका अनुसार उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दि २० जनाको भएपनि जम्मा ९ जनाको मात्रै पदपुर्ति भएको छ ।

वाँकि ११ जनाको पद पुर्ति हुन सकेको छैन् । त्यस्तै मेडिकल अधिकृतको १८ जना मध्ये ६ जना मात्रै रहेका छन् भने नर्सिङ स्टाफ ३५ मध्ये ३४ जनाको पदपुर्ति भइसकेको छ । अन्य ४८ जनामध्ये ३० जनाको पदपुर्ति भएको छ । डा. पन्थिले विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ स्टाफ र अन्य गरेर जम्मा १ सय २१ दरवन्दिमा ७९ जनाको पदपुर्ति भएको र ४२ जनाको पदपुर्ति हुन वाँिक रहेको जानकारी दिए । अस्पतालमा आन्तरीक स्रोततर्फ ६२ जना कर्मचारी कार्यरत छन् । उनका अनुसार अस्पतालमा न्युरोलोजिष्ट, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, न्युरो सर्जन, डेण्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट र युरो सर्जनको दरबन्दि खालि रहेको छ ।

त्यसैगरेर उपक्षेत्रीय अस्पतालमा सरुवा भएर आएका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट हरीबहादुर केसि हाजिरै नभएर काजमा रहेका छन् भने मेडिकल जनरलिष्ट पनि काजमा विरमा छन् । केसिलाई हाजिरै गर्न आउने वातावरण नवनाएको अहिलेका निमीत्त पन्थिले गरेको अस्पतालका कर्मचारीहरु बताउछन् । त्यतिमात्रै हैन् अस्पतालको नेतृत्वकर्तावाट प्रतिष्ठानका पदाधिकारीले काम गर्न नपाएपछि उनिहरु पनि भुमिका विहिन भएर काठमान्डौ बसेका छन् । डा. पन्थिले अस्पतालमा दैनिक साढे ४ सय विरामिहरु आउने गरेको जानकारी पनि दिए । उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ओपिडिमा ८० हजार ६० जनालाई, इमरजेन्सिमा ३४ हजार २९ जनालाई, प्रसुति सेवा ४ हजार ६ सय १७ जनालाई सेवा प्रवाह गरीएको छ ।

पत्रकार भेटघाटमा वितरीत प्रेस विज्ञप्तिमा प्रसुति सेवा लिन आउने विरामिहरुको अप्रेसनलाई जोडेर ठूला अप्रेसन १ हजार ३ सय ४१, मध्यमखालका २ हजार ८१ र सामान्य २ हजार ८१ जनाको अप्रेसन गरीएको उल्लेख छ । अस्पतालमा खासै ठुला अप्रेसन हुदैन, सबै निजि क्लिनिकमा जान्छन् भन्ने जिज्ञाशामा निमित्त मेसु पन्थिले भने–अस्पतालमा अप्रेसन भएकै छन्, प्रसुतिको पनि अप्रेसन नै हो नि, सबै मिलाएर साना तथा ठुला अप्रेसन गरीरहेका छौ, मलाई खोज्दै आउदा निजि क्लिनिकमा आउने भएनि, म कहाँ आएको विरामिलाई अस्पताल वाहीर पनि अप्रेसन त गर्नुपर्यो, गर्छु नै ।’

साथै अस्पतालका अनुसार गएको आर्थिक वर्षमा २ हजार ३ सय ९९ जनाले लक्षित वर्गको निशुल्क स्वास्थ्य सेवा पाएकोसमेत जानकारी दिएको छ ।पत्रकार भेटघाट समापन कार्यक्रमको अन्तिममा नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष सुदिप गौतमले प्रतिष्ठान र अस्पतालको वारेमा वारम्वार निमित्त मेसुसंग जिज्ञासा राखेपछि डा. पन्थिको जवाफमा थप्दै गौतमले स्वास्थ्य मन्त्रालयमा प्रतिष्ठानलाई अस्पताल हस्तान्तरण गर्न पत्र तयार भइसकेकाले नयाँ स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नआउदासम्म रोकिएको र नयाँ आउना वित्तिकै मन्त्रालयको पत्रसंगै अस्पताल हस्तान्तरण हुने बताएका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१