ताजा अपडेट

युवा दिवस मनाइयो

          |   154 Views   |   Published Date : 12th August 2018 |

घोराही, २७ साउन । युवाका लागि सुरक्षित बातावरण भन्दै आइतवार जिल्लाका सबै स्थानिय तहमा अन्तराष्टिय युवा दिवस मनाइएको छ । जिल्ला युवा समिती दाङको आयोजना एवम विभिन्न आधा दर्जन संघसस्थाको सहयोगमा आइतवार घोराहीमा अन्तराष्टिय युवा दिवस मनाइएको थियो ।


जिल्ला युवा समिती दाङका अध्यक्ष सुरेश रावतको अध्यक्षता एवम जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आथ्यितमा युवा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुले हरेक क्षेत्रमा अर्थपुर्ण सहभागिता गराउनुपर्ने बताएका थिए । साथै उनीहरुले घर परिवारसँगै राज्यले समेत युवाहरु माथि विश्वास र लगानी गर्न नसक्दा युवाहरु विदेश पलायनको सिकार भैरहेको बताएका थिए ।


युवाहरु उद्यमशिल बन्न चाहेको भन्दै स्थानिय सरकारले अब सिप, ज्ञान र अवसरको सृजना गरि देश विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । युवाहरुलाई जागिर दिनुभन्दा उद्यमशिल बनाउदै स्वरोजगार तर्फ केन्द्रित गर्न स्थानिय सरकारसँग उनिहरुले आग्रह गरेका छन् ।

साथै युवाहरुले विभिन्न आन्दोलन र परिवर्तनमा युवाहरुको भुमिकालाई राजनितिक नेतृत्वले भुल्ने गरेको भन्दै अब भाषणमा नभई व्यवहारमा युवा सहभागिताको ग्यारेन्टी गर्न माग समेत गरे । युवाहरु नविन श्रेष्ठ, निशा वली, विबेक न्यौपाने, उषा न्यौपाने लगायतकाले अधिकार र अबसरमा सहज पहुँच स्थापित गर्न स्थानीय सरकारसँग माग गरेका हुन । युवाहरुका लागि बनेका नीति राम्रो भए पनि कार्यान्वयन नहुदा त्यसको औचित्य नभएको बताए । दैनिक युवाहरु विदेशिने, विभिन्न अपराध र कुलतमा फस्ने दृष्टान्त धेरै रहेको भन्दै अब युवाहरुलाई सकारात्क सोचमा केन्द्रित गरि उद्यमसँग जोड्न आवश्यक रहेको बताएका थिए ।

 

कार्यक्रममा परिवार नियोजन दाङ शाखाका कार्यक्रम संयोजक बसन्त खनाल, सिसा संस्थाकी साजिदा सिद्धिकी लगायतले आआफनो धारणा राखेका थिए भने युएनएफपीएका क्षेत्रिय संयोजक राम थापाले युवाको विषयमा तथ्याङ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तङगिल मोदो संघका विबेक नेपाली र अतिस वलीले मार्सल आर्ट देखाएका थिए । भने कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलासीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१