ताजा अपडेट

युवा दिवसमा प्रदिप मज्गैँया सम्मानित

          |   436 Views   |   Published Date : 12th August 2018 |

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैँयालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा त्रिभुवन नगर जेसिजमा स्थापना गरिएको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट अध्यक्ष मज्गैँयालाई प्रदान गरिएको हो ।


त्रिभुबन नगर जेसिजले आइतवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै मज्गैँयालाई नगद सहिद कदरपत्रले सम्मान गरिएको हो । त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणी भण्डारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।


पुस्कार छनौट समितिका संयोजक मिनराज भाटले मज्गैँयाले जिल्लामा युवाका लागि पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए । मज्गैँयाले क्रिकेट विकास र युवाको सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै पुस्ककार प्रदान गरिएको उनले बताएका थिए । यसैबीच त्रिभुवन नगर जेसिजका पदाधिकारीले घोराही–१९का मृगौला पीडित केशरमान रोकाको सहयोगको लागि ५४ हजार सहयोग गरेका छन् । समाजसेवी युवा जगत जी.एमको नेतृत्वमा केशरमानकी श्रीमती बिमलालाई ५४ हजार नगद प्रदान गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१