ताजा अपडेट

दुर्घटनामा परी दुईको मृत्यु

          |   138 Views   |   Published Date : 12th August 2018 |

  नवलपरासी, २७ साउन | पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१