ताजा अपडेट

पहिरो खस्दा विद्यालय जोखिममा

          |   131 Views   |   Published Date : 11th August 2018 |

शिवु खनाल देउखुरी,  साउन | दुई दिन पहिले अत्याधिक वर्षतका कारण राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित गौरीशंकर नि.मा बिद्यायलको खेलमैदान र बिद्यालयको वरपर वर्षाले कटान भएको छ ।

बिद्यालयमा रहेको सरस्वती मन्दिर मुर्ती कटान गरेर बहिरोले लग्यो, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अमृच खड्काले बताउनुभयो । खड्काका अनुसार एउटा कक्षा कोठा जोखिममा छ, विद्यालयको अफिस कोठा पनि भत्किएको छ । पहिरोले विद्यालयको चारैतिर बाट कटान माटो बगाएको छ, खड्काले भन्नुभयो ।

पाहाडको माथिबाट पहिरो झरेको छ, त्यो पहिरोले विद्यालय वरपर कटान गरेर विद्यालय वरपर जान निकै जोखिम ल्याएको छ । चारै तिर जोखिम छ । आज भन्दा दुई दिन अगाडि अविरल वर्ष भएको बेलामा यस्तो विपक्ती आउको हो, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अमृत खड्काले बताउनुभयो । विद्यार्थिहरुलाई पढ्नलाई अतिनै जोखिम छ । विद्यालयको अफिस कोठा बचाउने अवस्था पनि छैन । पुरानो भवनमा पढ्न गाह्रो भएको छ, खड्काले भन्नुभयो ।

अहिले पानि नपस्ने कोठामा बल्लतल्ल पढाएका छौँ, कति बेला माथि पहाड बाट पहिरो खस्ने हो थाहा छैन, माथि पहाडमा सामान्य तठबन्ध लागाएर समस्याको समाधान हुदैन । खड्काले भननुभयो । यस्तै राजपुर गाउँपालिकाको अनुसार अहिले हामी संग प¥याप्त पैसा नभएको कारण हामीले अहिले तत्काल सहयोग गर्न नसक्ने बताएको छ ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१