ताजा अपडेट

घर्तीगाउँबाट दुई जना पक्राउ

          |   144 Views   |   Published Date : 11th August 2018 |

रोल्पा, साउन | पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई कार्यकर्ता घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध कार्यक्रम हेर्न पुगको क्षेत्रीय सभापति घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यक्रम नगर्न पटक पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गर्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१