ताजा अपडेट

संचारमा आउने हरेक खवर सत्य हुनुपर्छ ः मेयर चौधरी

          |   164 Views   |   Published Date : 10th August 2018 |

घोराही, २५ साउन । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सचार जगत समाजको ऐना भएको हुदाँ संचारमाध्यममा आउने हरके खवर विश्वस्नीय हुनुपर्ने बताएका छन ।

घोराहीबाट निस्कदै आएको गोरक्ष राष्टिय दैनिकको १४ औ बार्षिक उत्सव कार्यक्रममा आफनो धारणा राख्दै मेयर चौधरीले दाङका संचार माध्यमले समाचार सम्प्रेषणमा कुनै कन्जुस्याइ नगरे पनि जनतालाई सुसुचित पार्ने सवालमा अझ क्रियाशिलताका साथ लाग्नुपर्ने उनले सुझाव दिए । साथै उनले जिल्लाका संचार माध्यमलाई आफुले कुनै पनि तवरबाट साथ, सहयोग र सहकार्य गर्न तयार रहेको मेयर चौधरीले बताए । साथै उनले जिल्लाका मिडियामा काम गर्ने संचारकर्मीहरुको मेहेनतलाई पनि आफुले नजिकबाट नियालिरहेको भन्दै क्षमताको आधारमा संचारकर्मीहरुले पारिश्रमिक पाउनुपर्ने उनको धारणा थियो । ‘संचारकर्मीको क्षमता, स्तर कस्तो छ, सोही आधारमा उनीहरुलाई सेवा सुविधा दिनुपर्छ ।’ मेयर चौधरीले भने ‘संचारकर्मीले मेहेनत धेरै गर्ने तलव थोरै पाउने यो गलत हो ।’ साथै उनले दाङका संचारकर्मीहरुले समाजमा सकारात्मक सन्देश फैलाउने खालका सुचना सम्प्रेषणमा जोडदिएको प्रति आफु सधै आभारी रहेको बताए ।


यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले गोरक्षले जिल्लामा धेरै सकारात्मक संन्देश फैलाउन र संचारकर्मी उत्पादनमा धेरै भुमिका खेलेको भन्दै पत्रिकाका प्रसंसा गरे । साथै उनले गोरक्षलाई समाजको बास्तविकतालाई जनता समक्ष ल्याएर जनताको सुसुचित हुने अधिकारलाई आत्मसाथ गर्न समेत आग्रह गरे । पत्रिकालाई आवश्यक रचनात्मक सुझाव सल्लाह आफुले सधै नै दिइरहे भन्दै केन्द्रिय सचिव जिएमले राजनीतिक भन्दा पनि सामाजिक विषयबस्तुलाई पत्रिकामा ठाउँ दिन आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै स्वतन्त्र प्रेस सेनानी सुसिल गौतमले दाङका केही संचारकर्मीहरुले समाचार लेखनमा निकै मेहनत गरे पनि पछिल्लो समयमा बढदै गइरहेको फेसबुके पत्रकारिता डरलाग्दो रुपमा मौलाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

गोरक्ष राष्टिय दैनिककी प्रकाशम सुलोचना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता निर्मल आचार्य, नेपाली काग्रेसका जिल्ला सचिव शंखर डागी, पुर्व अध्यक्ष विरकेश्वरी गौतम, राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, इश्वरी विश्वविद्यालयकी निर्मला दिदी, गोरक्ष राष्टिय दैनिकका पुर्व सम्पादक केपि सुवेदी, पत्रकार बसुन्धरा गौतम, सुदिप गौतम, रेडियो स्वर्गद्धारीका दधिराम सुवेदी, उद्योग बाणिज्य संघका बसन्त जोशी, रेडक्रस दाङका अध्यक्ष नारायण शर्मा, घोराही खानेपानीका अध्यक्ष देविबहादुर डिसी, महिला अधिकारकर्मी सुष्मा घिमिरे, बालअधिकारकर्मी विकिरण गौतम, यातायात व्यवसायी सुरेश हमाल, राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त प्रमुख जनार्दन पन्थी, उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष विमल रिजाल, नेत्र ज्योति संघका सचिव सुरेन्द्र खड्का लगायतले पत्रिकालाई समाजको ऐना बनेर सामाजिक विषयवस्तुलाई बढी भन्दा बढी प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

यस्तै पत्रिकाको बार्षिक उत्सवको अवसरमा उत्कृष्ट काम गरेको भन्दै समाचारदाता लिलाधर वली, व्यवस्थापक उमा रावत लगायतलाई सम्मान गरेको थियो । यस्तै पत्रिकाले पत्रिकामा नियमित स्तम्भ लेख्ने स्तम्भकारहरुलाई समेत कमल र डाएरी दिएर सम्मान गरेको थियो । पत्रिकाका सम्पादक विपुल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रिकाका समाचारदाता वालाराम खडका र इन्द डिसीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१