ताजा अपडेट

शिक्षकलाई सहकारी शिक्षा

          |   66 Views   |   Published Date : 10th August 2018 |

  दाङ, साउन २५ । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही दाङको आयोजनामा आज शुक्रवार शिक्षकहरुका लागि सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुका लागि दिइएको सहकारी शिक्षा कार्यक्रममा बिभिन्न बचत योजनाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहकारीले अघी सारेका बिभिन्न बचत योजनाहरु पेन्सन बचत योजना, उपदान बचत योजना, सञ्चयकोष बचत योजना, दोब्वर बचत योजनका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जिल्लाका बिभिन्न नीजि विद्यालय तथा संघसंस्थाहरुसँग समन्वय गरेर पेन्सन बचत तथा उपदान बचत योजना कार्यान्वयनमा ल्याउन थालिएको जानकारी दिनुभयो ।

संस्थाको ऋण कार्यक्रम अनुसार साझेदारी ब्यापार ऋण अन्र्तगत अहिलेसम्म १० जना सदस्यहरुलाई उद्यमी बनाएको र नयाँ ऋण योजना अन्र्तगत शैक्षिक प्रमाणपत्रहरु धिता राखेर ऋण पाउन सक्ने बारेमा कार्यक्रममा छलफल गरिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१