ताजा अपडेट

विद्यार्थीलाई रेडक्रस सचेतना प्रदान

          |   88 Views   |   Published Date : 10th August 2018 |

दाङ, साउन २५ । शान्ति निकेतन विद्यालय जुनियर रेडक्रस सर्कलले विद्यार्थीहरुलाई रेडक्रस सचेतना प्रदान गरेको छ । हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको सर्कलले सामाजिक उत्तरदायित्व बढाउन विद्यार्थीहरुलाई रेडक्रस सचेतना प्रदान गरेको हो ।


सर्कलका अध्यक्ष साजना थारु कुमालको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखाका सभापति थमन चौधरीको प्रमुख आतिथ्यतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । सर्कलका शिक्षक नायक यशोदा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको सचेतना कार्यक्रममा विद्यालयका एम.डी. सुनिल गौतम, प्रिन्सिपल खगेश्वर पौडेललगायतले बोल्नुभएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखाका सभापति थमन चौधरीले रेडक्रसको स्थापना, उद्देश्य र कार्यहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । रेडक्रस स्वयंसेवी संस्था भएको भन्दै चौधरीले विद्यार्थीहरुले स्वयंसेवी बन्न सिक्नुपर्ने बताउनुभयो । आजका बालबालिकाहरु भोलिका देशका कर्णाधार भएको चर्चा गर्दै चौधरीले आजैदेखि बालबालिकाहरुमा सेवा र मानताको भावना जागृत गराउन सकेमा समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभयो । सचेतना कार्यक्रमको सहजीकरण सर्कलाका सचिव करुणा बिसीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१