ताजा अपडेट

मृतकका परिवार विचल्लीमा

          |   292 Views   |   Published Date : 10th August 2018 |

शिवु खनाल देउखुरी, २५ साउन । शिबराज नगरपालिका–१ चोरखोला कपिलवस्तुकी सिरमायाँ रोकामगरको आँखा बाट अझै आसु ओभाएका छैन, गत असार २२ गते मुस्ताङमा टिप्पर दुर्घटनामा परी आफ्ना ३७ वर्षिय श्रीमान् कमानसिंह रोकामगरको मृत्यु भएपछि साना साना ३ छोराछोरी सहित उनी अहिले विचल्लीमा परेकी छिन् । रोकाको पुर्खौली घर थबाङ गाउँपालिका–४ पुसवाङ रोल्पा भई हाल शिबराज नगरपालिका–१ चोरखोला कपिलवस्तुमा बस्दै आएकी छिन् ।

घरमा धान्ने घरमुलीनै गुमाएपछि घर व्यवहार चलाउन निकै सास्ती परेको मृतककी श्रीमती सिरमायाँ रोकामगरले बताईन् । रोकाको परिवारमा श्रीमती, दुई छोरा, एक छोरी गरी चार जनाको परिवार रहेको छ । रोकाको परिवारमा कमाउने एक मात्र जेठो छोरा पनि टिप्पर दुर्घटनामा परी बायाँ हातको पन्जा गुमाए पछि झन् समस्यामा परेको छ । मृतकका छोराछोरीहरु नेपाल आर्दश नमुना मावि शिबपुरमा अध्ययनरत भएको रोकाले बताईन् ।

राकाको १७ वर्षिय जेठो छोरा बिजय रोकामगर कक्षा ९ मा, १५ वर्षिय छोरी सम्झना रोकामगर कक्षा ७ मा र १२ वर्षिय कान्छो छोरा राजेश रोकामगर कक्षा ६ मा अध्ययन गर्दै आएको उनले बताईन् । मृतक परिवार चोरखोलाको सडक किनाराको जग्गामा बस्दै आएका छन् । विचल्लीमा परेको परिवारले अहिले मजदुरी, दाउरा र खर बेचेर परिवार पाल्दै आएकोमा अहिले सामुदायिकले दाउरा र खर काट्न बन्द गरेपछि कसरी बाँच्ने, छोराछोरी कसरी पढाउने चिन्ताले रुदै दिन बिताउने दुखेसो बताईन् ।

मुस्ताङ मजदुरी गर्न जानु भन्दा पहिले मृतक रोका घरपरिवार चलाउन समस्या परेपछि सय कडा पाँचको दरले ऋण काढेर वैदेशिक रोजगारीमा दुबई गएका थिए । त्यहाँ रहँदा विदेश जाँदाको ऋण सात बर्ष बिदेश बस्दा पनि तिर्न नसकेपछि घर फर्केर रोका फेरि एक महिना पन्ध्र दिन घर बसाई पछि मुस्ताङ काम गर्न भनि गएका थिए । मृतक परिवारलाई कम्पनीले किरिया खर्च वार्फत ५० हजार रुपैयाँ बाहेक अन्य कुनै संघसंस्था बाट सहयोग नपाएको राकोले बताईन् । नगरपालिका, विभिन्न संघ संस्था, सम्बन्धित निकाय तथा सरकारवालाबाट पाउनुपर्ने सेवा सुबिधा पाउनबाट बञ्चित रहेका छन् ।

रोकाका जेठा छोरा बिजय रोकामगरले बुबा पछि आउने कार्यभार आफुमाथि आउँछ, खै म पनि हातको अपाङ्ग छु आमा पनि सधै बिरामी हुनुहुन्छ कुनै निकायबाट अहिलेसम्म राह पनि पाएका छैनौ, आमालाई रोजगारी र हामीलाई पनि पढ्नका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१