ताजा अपडेट

आफ्नै श्रीमतीको हत्या

          |   177 Views   |   Published Date : 10th August 2018 |

 बाँके, २५ साउन | बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो ।

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भई आत्मसमर्पण गरेका छन् ।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१