ताजा अपडेट

विद्यालय कर्मचारीहरु विभेदमा परेको गुनासो

          |   83 Views   |   Published Date : 9th August 2018 |

घोराही, २४ साउन । सामुदायिक विद्यालयका विभिन्न तहमा काम गर्दै आइरहेका कर्मचारीहरु सरकार द्धारा विभेदमा परेको भन्दै आन्दोलित भएका छन । सरकारले हाल माविमा २ जना, निमाविमा १ जना र प्राविमा एक जना कर्मचारी राहत कोटामा दिने गरेको छ ।

जुन कर्मचारीलाई माविलाई ११ हजार ५ सय, निमाविलाई ६ हजार ५ सय र प्राविलाई ५ सय तलव पठाइदिने गरेको छ । सरकारले पठाउने गरेको उक्त तलव अन्य कर्मचरीको तुलनामा निकै कम भएको विद्यालय कर्मचारीहरुले बताउदै आइरहेका छन । यस्तै अन्य कर्मचारी र शिक्षकलाई दिने पोषाक भत्ता र मंहगी भक्ताबाट समेत आफुहरुलाई विभेद गर्दै आइरहेको उनीहरुको भनाई छ ।


सरकारको सोही विभेदकारी नितिको विरुद्धमा भन्दै विद्यालय कर्मचारीहरुले आफनो केन्द्रिय कार्यक्रम अन्र्तगत विहिवार घोराहीमा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा शिक्षा शाखाका प्रमुख, शिक्षक संगठनका प्रमुख, विद्यार्थी संगठन, राजनीतिक दल एवम पत्रकारहरुलाई समेत सहभागिता गराइएको थियो ।

कार्यक्रममा विद्यालय कर्मचारी सघका केन्द्रिय उपाध्यक्ष माधव पराजुलीले सरकारले अन्य कर्मचारीको तुलनामा विद्यालय कर्मचारीहरुलाई सेवा सुविधामा निकै विभेद गरेको हुदाँ आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१