ताजा अपडेट

लिलामी हुने भयो अण्डरवर्ड डन दाउद इब्राहिमको सम्पत्ति

          |   170 Views   |   Published Date : 9th August 2018 |

एजेन्सी । भारतको केन्द्रीय वित्त मन्त्रीले अण्डरवर्ड डन दाउद इब्राहिमको मुम्बईमा रहेको मसुल्ला भवन लिलामीको लागि बोली आह्वान गरेका छन् । यो भवन इब्राहिम र उनको परिवारको मुम्बईको पक्मोदिया मार्गमा रहेका तीनमध्ये एक सम्पत्ति हो ।

७९ लाख ४३ हजार भारुको रिजर्भ मूल्यमा मसुल्ला भवनको लिलामी अगस्ट ९ मा हुनेछ । समाचरपत्रहरुमा जारी टेण्डर सूचना अनुसार यो लिलामी ‘स्मग्लर एण्ड फरेन एक्सचेन्ज म्यानिपुलेटर (सफेमा)’ ऐन अन्तर्गत हुँदैछ । सूचना अनुसार अगस्ट ६ सम्म बुझाइ सक्नुपर्ने बैना रकमको लागि २५ लाख भारु तोकिएको छ । सन् २०१७ मा दाउदका अन्य तीन सम्पत्तिलाई सबैभन्दा उच्च ११ करोड भारु बोली लगाएर सइफी बुरहानी अपलिफ्टमेन्ट ट्रस्टले लिलामी जितेको थियो ।

मुम्बई, औरङ्गावाद, भलसाद, दामन, सुरत र अहेमदावादमा रहेको नौ सम्पत्तिका लागि पनि सफेमा ऐन अन्तर्गत लिलामी आह्वान गरिएको छ । दाउदको सम्पत्तीलाई लिलामीमा लाने कदम, २० अप्रिलमा भारतको सर्वोच्च अदालतले केन्द्रीय सरकारलाई यी सम्पत्तिहरुको स्वामित्व लिन आग्रह गरेपछि आएको हो ।

यो निर्देशन दाउदको आमा अमिन कस्कर र उनकी बहिनी हसिना पारकरले सर्वोच्च अदालतमा दायर गरेको याचिका अस्वीकृत भएपछि आएको हो ।  उनीहरुले भारतीइ ‘इन्फोर्समेन्ट डाइरेक्टोरेट’ र अन्य एजेन्सीहरुले मुम्बईमा उनीहरुको स्वामित्वमा रहेको सम्पत्तिलाई “अपराधको आय” भनेर गरेको निर्णयलाई चुनौती दिँदै निवेदन हालेका थिए ।

यी सम्पत्ति सन् १९८८ मा सफेमा कानुन अन्तर्गत भारत सरकारले सिल गरेको थियो । यही निर्णय विरुद्ध दाउदकी आमा र बहिनी अदालत गरएका थिए । तर सन् २०१२ मा दिल्ली उच्च अदालतले सरकारको सम्पत्ती नियन्त्रणको कदमलाई समर्थन गर्दै निर्णय सुनाएको थियो ।

 

सभार रातोपाटी

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१