ताजा अपडेट

प्रअको गुनासो– ‘विकटमा आउनै मान्दैनन सरकारी शिक्षक’

          |   182 Views   |   Published Date : 7th August 2018 |

hj रीता लामा घोराही, २२ साउन । घोराही उपमहानगरपालिका १९ सैघामा रहेको भगवती माध्यामिक विद्यालयले २०६५ साल देखि माध्यामिक तह संचालनको अनुमति पायो र कक्षा पनि सुरु गरयो । तर विद्यालय मावि तह भएको १० बर्ष वितिसक्दा पनि माविको दरबन्दी पाउन सकेको छैन ।

अर्थात विद्यालयमा माविको दरबन्दी शुन्य छ । मावि तह सुरु भएको जति बर्ष वित्यो त्यती नै बर्ष विद्यालय व्यवस्थापन समितीले मावि तहको शिक्षक माग गर्ने भनेर निर्णय गर्दै हालको जिल्ला समन्वय समितीमा बुझाउदै गरयो । तर, पाएन । कारण एउटै छ । विद्यालय विकटमा छ । घोराही बजार देखि करिव ५ घण्टाको पैदल यात्रामा पुगिने सैघामा केही समय अगाडी देखि यातायात पनि पुगेको छ । तर सरकारी तहका शिक्षक त्यहाँ जानै मान्दैनन । विद्यालयका प्राध्यानाध्यापक कयौ पटक शिक्षामा भनसुन गरेर पाएको शिक्षक पनि राजनीतिक दाउपेचको प्रयोग गरि त्यहाँबाट सरुवा हुन्छन । र, सदरमुकामतिर झर्छन । कयौ पटक शिक्षक दिनुस भनेर शिक्षामा हार गुहार गरेर पाएको शिक्षक पनि राजनीतिक पाटी र शिक्षकहरुका राजनीतिक भातृ संगठन लगाएर सरुवा हुनेृ गरेको त्यहाँका प्राधानाध्यापक देविबहादुर घर्तिमगर बताउछन ।

‘हामीले शिक्षक पाउछौ र पाएका शिक्षकहरु लौ मलाई त विकटमा सरुवा गरयो भनेर पाटीगत संगठनमा उजुरी हाल्छन ।’ उनले समस्या सुनाउदै भने ‘पाटीका शिक्षक संगठनले हामीले पाएको शिक्षकलाई तुरुन्तै उनीहरुको घरपाएकमा सरुवा गरिहाल्छन ।’ पटकपटक पाएको शिक्षक पनि राजनीतिक दाउ लगाएर सरुवा भए पछि अहिले शिक्षाका अधिकारीहरु समेत हार मानिसकेको उनको अनुभव छ ।
अभिभावकबाट चन्दा उठाएर हाल उनीहरुले विद्यालयमा शिक्षकको माग गरेका छन । तर पनि विद्यालय विकटमा भएकै कारण पाउन सकेका छैनन । पटक पटक अभिभावकसँग चन्दा उठाएर शिक्षक पाल्दा अभिभावक समेत दिक्क मान्ने अवस्था आइसकेको उनी सुनाउछन । दरबन्दी अनुसारको शिक्षक पाए । विद्यालयमा अग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने र मन्टेश्वरीको कक्षा पनि संचालन गर्ने उनीहरुको चाहाना छ तर पुरा हुन सकिरहेको छैन । अहिले शिक्षकको लागि वडा कार्यालय एवम उपमहानगरपालिकामा कुरा गरिरहेको भन्दै प्रअ घर्तिले स्थानिय निकायले पनि विद्यालयको समस्या नबुझदिए विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता आउन सक्ने बताउछन ।
विकटको विद्यालय भए पनि हाल विद्यालयमा ५ सय ९७ विद्यार्थी अध्ययनरत छन । तर शिक्षकको संख्या भने प्राथमिक तहमा ४, आधारभुत तहमा ४ र एक जना नीजी कोटाबाट गरि जम्मा ९ जना रहेका छन । १० कक्षासम्मको विद्यालयमा ९ जना शिक्षकले कक्षा धान्नै गाह्रो भैरहेको प्रअ घर्तिको भनाई छ । ‘विद्यालयका प्रत्येक कक्षामा विद्यार्थीको चाप अध्यधिक छ ।’ उनले भने ‘सेक्सन छुटयाएर पढाउनुपर्ने अवस्था छ तर शिक्षक अभावले सबै विद्यार्थीलाई एउटै कोठामा कोचेर पढाउनुपर्ने बाध्यता छ ।’
उनको विद्यालय भगवती माविमा अहिले कक्षा ६मा एक सय १३ जना एउटै कक्षामा बसेर पढन बाध्यछ छन । त्यसै गरि कक्षा ७ मा ७८ जना, कक्षामा ८मा ५४ जना, कक्षा ९मा ४९ जना । कक्षा ३मा ५६, कक्षा २मा ४८जना विद्यार्थी अध्ययन गरिरहेको छन । सकारी मापदण्ड अनुसार एउटा कक्षामा ४० जना विद्यार्थी हुनुपर्ने हो । त्यस्तै एउटा विद्यालयले ४० विद्यार्थी बरावर एउटा शिक्षक पाउनुपर्ने हो । तर विद्यालयले ५ सय ९७ जना विद्यार्थीलाई ८ जना शिक्षकको भरमा विद्यालय चलाइरहेको छ । विकट क्षेत्र भए पनि हाल विद्यालयको १३ रोपनी जग्गामा ५ वटा भनव छन । जहाँ कक्षा कोठाको अभाव भने छैन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१