ताजा अपडेट

पचाँसौ वर्ष देखि जिर्ण अवस्थामा, राम र सिता वनबास गरेको सिता भरार

          |   169 Views   |   Published Date : 5th August 2018 |

sitabharar 1

शिवु खनाल दाङ, २० साउन । लमही नगरपालिका वडा नम्बर ६ स्थित विश्बैङ्क भन्ने ठाउँ रहेको छ । लाग्छ यो ठाउँको नाम कसैले सुन्नु भएको छ, सकैले सुन्नु भएको छैन होला । लमही नगरपालिका वडा नम्ब्र ६ लमही घोराही सडक खण्ड कुलमोहर देखि उत्तर तर्फ रहेको पाहाडको भागलाई विश्वबैङ्क भनिन्छ । विश्वबैङ्क देखि सय मिटर अगाडि दक्षिण तर्फ खोलाको नहर देखि पाहाडको पाखामा एउटा कुण्ड रहेको छ ।

लमही घोराही सडक खण्ड देखि खोलाको पखेरामा रहेको सिताभरार यति बेला पचाँसौ वर्ष देखि जिर्ण अवस्थामा रहेको छ । यसको संरक्षणको निम्ती आज सम्म कुनै स्तानिय निकायको त्यस तर्फ ध्यान जान नसकेको स्थानियहरु बताउछन् । राम र सिता चौध वर्ष वनबासमा निस्कीयको बेला लमही नगरपालिका वडा नम्बर ६ विश्वबैङ्क देखि दक्षिण तर्फ पाहाडको पाखा नजिकैको कुण्टामा वनबास गरेको जनविश्वास रहेको स्थानिय आशा चौधरीले भन्नुभयो । राम र सिताले वनबास गरेको हुनाले यो ठाउँको नाम सिताभरार रहन गयौँ, चौधरीले भन्नुभयो । यति महत्व पूर्ण स्थल हाम्रै देउखुरीमा रहेको प्राय कसैलाई पनि थाहा छैन, यसको प्रचार प्रचारको अभावले यो ओझेलमा परेको उनले भनिन् । यो हाम्रो बाउबाजेको पालाका मान्छेहरुले थाहापाउथे, अहिलेकाले थाहापाउदैन्,उहाले भन्न्ुभयो ।


आशा चौधरीकी आमा रामबहादुरी चौधरी पनि सिताभरारमा गएर पुजापाठ गरेको बताउनु हुन्छ । मेरो छोरा जन्मिएको थिएन, मैले सिताभरारको कुण्टामा गएर स्नान गरी छोराको कामना गरेको पुरा भएको बताउनुभयो । सिताभरारको कामना बाट जन्मिएको छोराको नाम पनि सितारम राखिदिएको रामबहादुरी चौधरीले बताईन् । स्थानिय गाउँलेहरुका अनुसार सिताभरारमा गई स्नान गरी मेगेको ईक्ष्या पुरा हुने बताउछन् । सिताभरारमा माघेसक्रान्ति पुजापाठ र तिहारमा भैलो खेलेर वनभोजको लागि मानिसहरु आउने गरेको रामबहादुरी चौधरीले भन्नुभयो । सिताभराम राम रसिताले स्नान गर्ने बेलामा लगाएका गहना, चप्पल राखेको निसानी र सिताको खुट्टाको पाईलाको समेत रहेको स्थानिय आशा चौधरीले भन्नुभयो ।
सिताभरारको स्थलगत रिपोटिङ्को लागि लमही नगरपालिका बाट प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डागिँको नेतृत्वमा लमही नगरपालिकाका कर्मचारीर पत्रकारको टोली त्यो स्थानमा पुगको थियो । स्थलगत रिपोटिङ् अनुसार सिताभरारको संरक्षणको लागि लमही नगरपालिकाले आफुले सक्ने सहयोग गर्ने डागिँले बताउनुभयो । ओझेलमा रहेको सिताभरारको संरक्षणमा कसैको ध्यान नजादा यति बेला जिर्ण अवस्थामा रहेको छ । यसको संरक्षण कस्ले गर्ने भन्ने विषयमा स्थानियहरुको प्रश्न रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१